विश्वकपमा अमेरिकाको जीतमा खुशी मनाउने इरानीको इरानको सुरक्षाबलबाट गोली हानी हत्या


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

विश्वकपमा अमेरिकासँगको खेलमा इरानले हार्दा इरानीहरुले खुशियाली मनाएका छन् । सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा इरानको राष्ट्रिय फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाएका हुन् ।

इरानको विश्वकपमा अमेरिकासँगको पराजय तेहरान र अन्य इरानी शहरहरूमा जयजयकार र उत्सवले भरिएको थियो, किनकि प्रदर्शनकारीहरूले खेलबाट इरानले हार्दा शासनलाई प्रहारको रूपमा स्वागत गरे।

उत्तरी इरानमा सुरक्षा बलहरूले उत्सव मनाइरहेकाहरुमध्ये एक व्यक्तिको हत्या गरेको रिपोर्ट आएको छ । मंगलबार राति बन्दर अन्जालीमा मेहरान सामकले आफ्नो कारको हर्न बजाएपछि टाउकोमा गोली हानिएको थियो ।

विरोधको संकेतस्वरूप कारको हर्न बजाएपछि सुरक्षा बलले मेहरान सामकलाई गोली हानेको थियो ।

अन्य शहरहरूका भिडियोहरूमा पनि इरानले हारेपछि भीडले सडकमा हर्षोल्लास मनाएको र नाचिरहेको देखिएको थियो । कैयन इरानीहरूले कतारमा आफ्नो फुटबल टोलीलाई इस्लामिक गणतन्त्रको प्रतिनिधित्वको रूपमा हेरेर इरानी फुटवल टोलीको विरोध गरेका थिए ।

राज्य समर्थित मिडियाले अन्तिम समूह खेलमा अमेरिकासँग १(० ले पराजित भएपछि खेलाडीहरूलाई अनुचित दबाब दिनेमा इरान भित्र र बाहिरका शत्रु शक्तिहरूलाई दोष लगाएका थिए ।

इरानका खेलाडीहरूले आफ्नो पहिलो खेल अघि राष्ट्रिय गान गाएका थिएनन् । तर उनीहरूले दोश्रो खेलमा भने राष्ट्रिय गान गाएका थिए ।

महिलाहरूले हिजाबले कपाल ढाक्नुपर्ने कडा नियमको उल्लङ्घन गरेको आरोपमा तेहरानमा पुलिसले गिरफ्तार गरेकी २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि १० हप्ता अघि इरानमा अशान्ति सुरु भएको थियो।

अधिकारीहरूले उनीहरूलाई विदेशी समर्थित दंगाको रूपमा चित्रण गर्दै प्रदर्शनकारीमाथि कारवाही गरेका छन् । नर्वेमा आधारित मानवअधिकारवादी समूहका अनुशार सरकारी दमनमा ६० बालबालिकासहित ४४८ जना मारिएका छन्। अन्य १८ हजार भन्दा बढी पक्राउ परेको बताइएको छ।

मंगलबार राति क्यास्पियन सी सहर बन्दर अन्जालीमा इरानी फुटबल टोलीको हार मनाउन आफ्नो कारको हर्न बजाउँदा सुरक्षाकर्मीले २७ वर्षीय मेहरान सामकलाई गोली हानेर हत्या गरेको इरान मानव अधिकारले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com