अमेरिकामा रेल हडताल टार्ने बिल प्रतिनिधिसभाबाट पारित, हडताल भए दैनिक २ बिलियन घाटा


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

अमेरिकाको प्रतिनिधिसभाले डिसेम्बर ९ देखिको सम्भावित रेल हडताड टार्न एक बिल पारित गरेको छ । यो बिलले कम्पनीहरू र कामदारहरूलाई प्रस्तावित सम्झौतामा बाँध्नेछ ।

२९० भोटका साथ बिल पारित भएको छ । र यो बिल अब सिनेटमा जानेछ । यदि त्यहाँ अनुमोदन भएमा यसमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् ।

तत्काल बिल पारित नभए रेल हडतालका कारण पिउने पानी सफा गर्ने रसायन जस्ता महत्वपूर्ण सामग्रीको आवागमन रोकिन थाल्ने भन्दै राष्ट्रपति जो बाइडेनले सिनेटलाई तत्काल कदम चाल्न आव्हान गरेका थिए ।

बिलले बाइडेन प्रशासनद्वारा मध्यस्थता गरिएको श्रम सम्झौता लागू गर्नेछ । जसमा रेल कामदारका लागि भुक्तानी सहितको बिरामी विदा बर्षमा ७ दिन बढाउने लगायत समावेश छ । युनियनहरूले डिसेम्बर ९ सम्मको समयसीमा अगाडि सहमति हुन नसके आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यूएस चेम्बर अफ कमर्स र अमेरिकन फार्म ब्यूरो फेडरेशन लगायतका व्यापार समूहहरूले रेल सेवा बन्द गर्दा अर्थतन्त्रमा प्रतिदिन २ बिलियन डलरको विनाशकारी असर पर्ने चेतावनी दिएका छन्।

रेल हडतालका कारण अमेरिकाको राष्ट्रको माल ढुवानी आवागमन ३० प्रतिशत रोकिने खतराको बारेमा चिन्ता बढ्दै गएको थियो। ४ सय भन्दा बढी व्यापार समूहहरू सोमबार कांग्रेसका नेताहरूसँग द्रुत कारबाहीका लागि अनुरोध गर्न सामेल भएका थिए।

डिसेम्बर ९ को लागि तय गरिएको हडतालले अझै पनि संघर्षरत आपूर्ति श्रृंखलाहरू सर्न सक्नेछ । जसले पेट्रोल, खाद्यान्न, अटोमोबाइल र अन्य सामानहरूको मूल्यबृद्धि र अभाव निम्त्याउनेछ ।

आर्थिक मन्दीको त्रास भइरहेको बेलामा हडतालले अमेरिकी अर्थतन्त्रको लागि धक्का निम्त्याउनेछ ।  ह्वाइट हाउसले अनुमान गरेको छ कि यदि रेल मजदुरहरूले हडताल गरे भने ७ लाख ६५ हजार कामदारहरू दुई हप्ता भित्र अस्थायी रूपमा कामबाट बाहिर हुन सक्छन्।

बाइडेन र डेमोक्र्याटहरू सेप्टेम्बरमा हडताल रोक्न इच्छुक थिएनन् जब वार्ता अघिल्लो हडतालको समयसीमा नजिक थियो। अर्को हडतालको म्याद नजिकिँदै गर्दा उनीहरूले काम गर्नुको विकल्प नभएको महसुस गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com