संसदीय समितिले आईआरएसबाट पायो डोनाल्ड ट्रम्पका संघीय कर फाइलका कागजात


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

अमेरिकी संसदको प्रतिनिधिसभाको हाउस वेज एण्ड मीन्स कमिटीले डोनाल्ड ट्रम्पको संघीय कर फाइलका कागजात प्राप्त गरेको छ । डेमोक्र्याटहरूले पूर्व राष्ट्रपतिका करका कागजात प्राप्त गर्नका लागि वर्षौंदेखि प्रयास गर्दै आएका थिए ।

समितिले ट्रम्पका ६ बर्षका करका कागजातहरु प्राप्त गरेको छ । ट्रेजरीले गत हप्ताको अदालतको निर्णयको पालना गर्दै संसदीय समितिलाई कागजात उपलब्ध गराएको ट्रेजरी प्रवक्ताले बताएका छन् ।

तीन वर्षको कानुनी लडाई पछि सर्वोच्च अदालतले गतसाता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कर फाइलका कागजात संसदीय कमिटीलाई हस्तान्तरण गर्ने बाटो खोलिदिएको थियो । अदालतले कुनै उल्लेखित असहमति बिना आफ्ना कागजात संसदमा दिनबाट रोक लगाउने ट्रम्पको निवेदन अस्वीकार गरेको थियो ।

ट्रम्पको निवेदनले ट्रेजरी डिपार्टमेन्टलाई ट्रम्प र उनका केही व्यवसायहरूका लागि डेमोक्र्याटिक नियन्त्रित हाउस वेज एण्ड मीन्स कमिटीलाई छ वर्षको कर रिटर्न दिनबाट रोकेको थियो।

white concrete building under clear blue sky

हालैका अमेरिकी राष्ट्रपतिहरूमध्ये ट्रम्पले मात्र आफ्नो ट्याक्स फाइलको कागजात सार्वजनिक गर्न अस्वीकार गरेका थिए । उनले आफ्नो २०१६ को चुनावी अभियान र त्यसपछि ह्वाइट हाउसमा रहँदा पनि ट्याक्स फाइल जारी गरेका थिएनन् । यसैबीच ट्रम्पले घोषणा २०२४ मा फेरि चुनाव लड्ने घोषणा पनि गरिसकेका छन् ।

ट्रम्पको कर फाइलका कागजातको विवादमा ट्रेजरी विभागले ट्रम्पको राष्ट्रपतिको समयका रेकर्डहरू उपलब्ध गराउन अस्वीकार गरेको थियो। तर बाइडेन प्रशासनले समितिलाई राष्ट्रपति सहित कुनै पनि करदाताको रिटर्न जाँच गर्ने अधिकार भएको संघीय कानून स्पष्ट रहेको बताउदै आएको थियो ।

संसदीय समितिसँग कर फाइलका कागजातहरु प्राप्त गर्न व्यापक अधिकार रहेकोमा तल्लो अदालतहरू सहमत भएका थिए । तर ट्रम्पका वकिलहरूले उठाएका कानुनी मुद्दाहरू र प्रधानन्यायाधीश जोन रोबर्ट्सले नोभेम्बर १ मा अदालतलाई ट्रम्पका वकिलहरूले उठाएका कानुनी मुद्दाहरू र बाइडेन प्रशासन एवं प्रतिनिधि सभाका तर्कहरु सुन्नका लागि ट्रम्पका कागाजात हस्तान्तरणमा अस्थायी रोक लगाएका थिए ।

त्यसको तीनसातापछि उक्त रोक हटाइएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com