अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा, विश्वकपबाट बाहिरिए मेक्सिको र साउदी अरेबिया


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

अर्जेन्टिनाले पोल्याण्डलाई २ -० ले हराएपनि दुबै टोली नकआउट राउण्डमा पुगेका छन् ।

मेक्सिको र साउदी अरेबियाबीचको खेलको नतिजामा पोल्याण्ड नकआउट चरणमा पुग्ने निर्धारण हुने थियो । किनभने पोल्याण्ड गोल भिन्नतामा मेक्सिकोसँग बराबरीमा थियो ।

अर्जेन्टिना वा मेक्सिकोले अर्को गोल गरेको भए नतिजा अर्कै हुने थियो। तर त्यसो हुन पाएन । अब अर्जेन्टिना र पोल्याण्ड समूह सी मा पहिलो र दोस्रो हुँदै राउन्ड अफ १६ मा पुगेका छन् । मेक्सिको र साउदी अरब विश्वकपबाट बाहिरिएका छन् ।

मेक्सिकोले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई २-१ ले हराएको थियो तर नकआउट चरणमा पुग्न यो पर्याप्त भएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com