२० बर्षदेखि प्रतिनिधिसभामा डेमोक्र्याट्सको नेतृत्व गरेकी पेलोसीका स्थानमा हकिम चयन


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

आज अमेरिकी प्रतिनिधिसभाका डेमोक्र्याट्सले सांसद हकिम जेफ्रीसलाई संसदमा दलको नेताको रूपमा चुनेका छन् । अमेरिकामा प्रतिनिधिसभामा पार्टीको नेतृत्व गर्ने उनी पहिलो अश्वेत सांसद हुन्छन् ।

न्युयोर्क यी सांसद दुई दशकसम्म प्रतिनिधिसभामा डेमोक्र्याटको नेतृत्व गरिरहेकी हाउस स्पीकर न्यान्सी पेलोसीका उत्तराधिकारी बनेका छन् । प्रतिनिधिसभामा रिपब्लिकनहरुको बहुमत कायम भएकाले जेफ्री माइनोरिटी लिडर हुनेछन् ।

जनवरीमा रिपब्लिकनहरूको नियन्त्रणका साथमा संसद सुचारु भएपछि उनको कार्यावधी सुरु हुनेछ ।

५२ बर्षीय हकिम एक अमेरिकी राजनीतिज्ञ र अधिवक्ता हुन् जसले सन् २०१३ देखि न्युयोर्कको ८ औं कंग्रेसनल डिस्ट्रिक्टबाट प्रतिनिधिसभाका सदस्य हुन् । जुन न्यूयोर्क शहरको पूर्वी ब्रुकलिन र दक्षिणपश्चिम क्वीन्सको भागहरू समेट्छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com