अमेरिकी सिनेटबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

person with blue and red manicure

अमेरिकी सिनेटले मङ्गलबार संघीय कानूनमा समलिङ्गी विवाह संरक्षणलाई समावेश गर्न बिल पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएपछि यो बिल राष्ट्रपति जो बाइडेनको डेस्कमा पुग्नेछ ।

सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । फिलिबस्टर तोड्नका लागि रिपब्लिकनका १० भोट आवश्यक भएकाले बिलमा वार्ताका लागि महिनौं लागेको हो ।

बिल अब प्रतिनिधिसभाबाट पारित हुन आवश्यक छ । अघिल्लो संस्करण प्रतिनिधिसभामा ५० रिपब्लिकन र सबै डेमोक्र्याट द्वारा अनुमोदित भएकोले सम्भवतः यसपटक पारित हुन सजिलो हुनेछ ।

white concrete building under clear blue sky

सिनेटमा कुल १२ रिपब्लिकनले सबै डेमोक्र्याटहरूसँग बिलको समर्थनमा मतदान गरेका थिए । प्रतिनिधिसभामा अर्को हप्ता बिल पेश गरिने भएको छ ।

यो बिलमा संघीय सरकारले समलिङ्गी विवाह र अन्तरजातीय विवाहलाई मान्यता दिने कुरा सुनिश्चित गर्नेछ । यदि जोडीले समलिंगी विवाहलाई मान्यता नदिने राज्यमा बसाईसराई गरेपनि कुनै समस्या हुनेछैन । थप रूपमा बिलले सन् १९९६ मा पारित विवाहको रक्षा ऐनलाई खारेज गर्नेछ, जसले विवाहलाई एक पुरुष र एक महिला बीचको सम्बन्धको रूपमा परिभाषित गरेको थियो ।

यद्यपि अमेरिकामा सर्वोच्च अदालतले सन् २०१५ मा समलिङ्गी विवाहको अधिकारको ग्यारेन्टी गरेको छ । यो बिलले समलिङ्गी र अन्तरजातीय जोडीहरूलाई थप निश्चितता प्रदान गर्नेछ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com