इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश, इरान र वेल्स विश्वकपबाट बाहिरिए


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ। वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो ।

इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो।

जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ ।

इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ, जहाँ उसले सेनेगलको सामना गर्नेछ ।

त्यस्तै इरानलाई १ ० ले हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ ।  ३८औं मिनेटमा अमेरिकाका क्रिस्टियन पुलिसिकले गोल गरेका हुन् ।

क्रिष्टियन पुलिसिकले अमेरिकाका लागि महत्वपूर्ण गोल गरेपछि नेटमा ठोक्किएर भूईमा लडेका थिए ।

पुलिसिकलाई केही समय मैदानबाट हटाइयो तर उनी तुरुन्तै फर्केका थिए । उनी क्याप्टेन अमेरिकाको रूपमा चिनिन्छन् भने अमेरिकाको स्टार खेलाडीहरू मध्ये एक हुन् ।

अफसाइड भएका कारण अमेरिकाका टिमोथी वेहले गरेको गोल अस्वीकार गरिएको थियो । अमेरिकाका टिमोथी वेहले हाफ टाइमभन्दा केही समय अगाडि गरेको गोल अस्वीकार गरिएको थियो । किनभने रेफ्रीले उनी अफसाइड भएको बताएका थिए।

अमेरिकाले शनिबार नेदरल्याण्डको सामना गर्नेछ।

इरान विश्वकपबाट बाहिरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com