पहिलो हाफमा इरानविरुद्ध अमेरिकाको १-० को अग्रता


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

अमेरिका र इरानबीचको खेलको ३८औं मिनेटमा अमेरिकाका क्रिस्टियन पुलिसिकले गोल गरेपछि अमेरिका १–० ले अगाडि छ ।

क्रिष्टियन पुलिसिकले अमेरिकाका लागि महत्वपूर्ण गोल गरेपछि नेटमा ठोक्किएर भूईमा लडेका थिए ।

पुलिसिकलाई केही समय मैदानबाट हटाइयो तर उनी तुरुन्तै फर्केका थिए । उनी क्याप्टेन अमेरिकाको रूपमा चिनिन्छन् भने अमेरिकाको स्टार खेलाडीहरू मध्ये एक हुन् ।

अफसाइड भएका कारण अमेरिकाका टिमोथी वेहले गरेको गोल अस्वीकार गरिएको छ । अमेरिकाका टिमोथी वेहले हाफ टाइमभन्दा केही समय अगाडि गरेको गोल अस्वीकार गरिएको थियो । किनभने रेफ्रीले उनी अफसाइड भएको बताएका थिए।

आजको खेलमा अमेरिका र इरान जसले जितेपनि अर्को राउण्डमा पुग्नेछन् भने हार्ने टोली विश्वकपबाट बाहिरिनेछ ।

यदि अमेरिका र इरानको बराबरी भयो भने वेल्सले इङ्गल्याण्ड विरुद्धको अर्को खेल नजितेसम्म इरान अगाडि बढ्नेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com