न्युयोर्कको चाइना टाउनबाट प्रहरीले १० मिलियन डलरको नक्कली सामान जफत


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

न्युयोर्कको चाइना टाउनका विक्रेताहरूबाट प्रहरीले सोमबार १० मिलियन डलर भन्दा बढीको नक्कली सामान जफत गरेको जनाएको छ । तल्लो म्यानहटनका सडकहरूमा नक्कली पर्स, स्नीकर, बेल्ट र अन्य वस्तुहरू बेच्ने बारे धेरै गुनासोहरू प्राप्त गरेपछि प्रहरीले छापा मारेको थियो ।

त्यसपछि क्यानल स्ट्रीटबाट १७ जनालाई पक्राउ गर्नुका साथै तीन ट्रक नक्कली सामान बरामद गरिएको थियो । सामान नक्कली हो वा होइन भनेर निर्धारण गर्न विशेषज्ञ समेत साथमा लगिएको थियो ।

१ हजार डलरभन्दा धेरैको ब्राण्डेड सामानजस्तो देखिनेगरी नक्कली सामान बेच्नु अपराध हो । पक्राउ परेकाहरुलाई त्यही अभियोग लगाइने भएको छ । स्थानीय साना व्यवसायहरू, व्यापार सुधार जिल्लाहरू, बासिन्दाहरू र सक्कली सामानहरू उत्पादकहरूबाट गुनासोहरू आएपछि प्रहरीले कदम चालेको हो ।

यसले स्थानीय व्यवसायहरूलाई वास्तवमै नकारात्मक प्रभाव पार्ने र त्यस क्षेत्रका बासिन्दाहरूको जीवनको गुणस्तर घटाउने न्युयोर्क प्रहरीका गस्ती प्रमुख जेफ्री म्याड्रीले पत्रकार सम्मेलनमा भने।

१० मिलियन डलरको नक्कली सामानहरू सबै न्युयोर्क प्रहरीको प्रणालीमा लगइन गर्नुपर्नेछ । तर त्यस पछि सामान के गरिन्छ भन्ने स्पष्ट छैन।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com