विश्वकपमा मेस्सीको खेल हेर्न २८ वर्षयताकै ठूलो भिड


प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार

अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हराउँदा लियोनल मेस्सीले शनिबार ८८ हजार ९ सय ६६ दर्शकको अगाडि खेलेका थिए, जुन २८ वर्षमा विश्वकप खेलमा सबैभन्दा ठूलो उपस्थिति हो।

फिफाका अनुशार दोहाको उत्तरमा रहेको लुसेल स्टेडियममा सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको फाइनलपछि सबैभन्दा धेरै मानिसहरुको सहभागिता रहेको थियो। त्यतीबेला क्यालिफोर्नियाको पासाडेनाको रोज बाउलमा ब्राजिलले पेनाल्टी सुटआउटमा इटालीलाई ०- ० को बराबरीमा पराजित गरेको हेर्नको लागि ९१ हजार १ सय ९४ जना उपस्थित थिए।

शनिबारको उपस्थिति लुसेल स्टेडियममा अघिल्लो दुई खेलहरूको संख्या भन्दा धेरै सय बढी थियो । त्यहाँ भएका अघिल्लो दुई खेलहरुमा ब्राजिलले सर्बियालाई हराएको थियो र अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको थियो ।

कतारको उपस्थितिको तथ्याङ्क विश्व कपका सबै समयका खेलहरूको शीर्ष ३० मा भने पर्दैन । त्यस प्रतियोगिताको अन्तिम खेलमा उरुग्वेले आयोजक ब्राजिललाई २ -१ ले हराउँदा सन् १९५० मा रियो दि जेनेरियोको माराकाना स्टेडियममा सबैभन्दा ठूलो भिड १ लाख ७३ हजार ८५० थियो।

शीर्ष ३० सूचीमा परेका अन्य स्टेडियमहरू मेक्सिको सिटीको एज्टेका स्टेडियम, लन्डनको वेम्बली स्टेडियम र बार्सिलोनाको क्याम्प नोउ हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com