न्युयोर्क सिटीमा ११ महिना र ३ बर्षका बालकको छुरा प्रहारबाट हत्या


प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार

NYPD white and blue NYPD SUV

न्युयोर्क सिटीमा दुई भाइहरू ११ महिना र ३ बर्षका बालकको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । दुई बालकहरु शनिबार राति ब्रोंक्सको एउटा अपार्टमेन्ट भवनमा घाँटी र छातीमा चक्कु प्रहारका घाउहरूसहित अचेत अवस्थामा फेला परेका थिए ।

बच्चाहरूलाई अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

प्रहरीले सुरुमा साँझ साढे ७ बजेतिर भावनात्मक रूपमा विचलित भएको व्यक्तिको फोनकलको जवाफ दिएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

अधिकारीहरूले एउटी महिलालाई प्रहरी हिरासतमा लिएका छन् । उनलाई स्वाीथ्य मूल्यांकनको लागि अस्पताल लगिएको छ । पारिवारिक सेल्टरका रूपमा सूचीबद्ध अपार्टमेन्ट भवनमा उक्त घटना भएको हो ।

प्रहरीले पहिलो फोनकल प्राप्त गर्दा एक व्यक्तिले अधिकारीहरूलाई बच्चाहरूलाई उनीहरूको बुबाले हेरचाह गरिरहेको बताएका थिए ।
करिब आधा घण्टापछि प्रहरीले अर्को आपतकालीन फोन प्राप्त गरेको थियो, जसमा दुईजना बच्चा अचेत भएको जानकारी दिइएको थियो ।

प्रहरीले बालककी २२ वर्षीया आमालाई हिरासतमा लिएर अनुसन्धान जारी राखेपनि बालकका बुबा प्रहरी हिरासतमा छैनन् ।आमालाई सार्वजनिक रूपमा संदिग्धको रूपमा नाम दिइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com