उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति हासिल गर्नु : किम जोङ उन


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

उत्तर कोरियाली नेता किम जोङ उनले हालै देशको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गरेका छन्। यस क्रममा उनले आफ्नो देशको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति हासिल गर्ने रहेको बताएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

देशको नयाँ ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसीबीएम) को परीक्षणको निरीक्षणपछि किमले उक्त घोषणा गरेका हुन् । उनले शुक्रबार अमेरिकाको आणविक धम्कीलाई आणविक हतियारका साथ सामना गर्ने वाचा गरे।

अधिकारीहरूलाई पदोन्नति गर्दै किमले भने- ‘आणविक शक्ति निर्माण गर्नु भनेको राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको दृढताका साथ रक्षा गर्नु हो र यसको अन्तिम लक्ष्य ‘विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति, पूर्ण शक्तिको स्वामित्व’ हुनु हो’

उनले ह्वासोङ–१७ लाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ को रूपमा वर्णन गर्दै यसले उत्तर कोरियाको संकल्प र अन्ततः विश्वको सबैभन्दा बलियो सैन्य निर्माण गर्ने क्षमता देखाएको बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com