कसले जित्ला विश्वकप ?


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

कसले जित्ला विश्वकप ? यो प्रश्नको जवाफ प्राप्त गर्न तपाईंले प्रशिक्षक, खेलाडी, पंडित वा प्रशंसकहरूको राय खोज्न सक्नुहुन्छ। वा तपाईंले नतिजामा ठूलो रकम बाजी लगाएका मानिसहरूलाई पनि सोध्न सक्नुहुन्छ ।

यो वर्ष पनि विश्व कप जित्ने सम्भावित टोली लगभग हरेक वर्ष जस्तै ब्राजिल रहेको धेरैको अनुमान छ । तर यो निश्चित छैन । अहिलेसम्मका अनुमानहरु अनुशार ब्राजिलले ट्रफी उठाउने सम्भावना २५ प्रतिशत मात्र छ ।

त्यस्तै फ्रान्सले ट्रफी उठाउने सम्भावना १४ प्रतिशत रहेको अनुमान छ । ईंग्ल्याण्ड र स्पेनले ट्रफी उठाउने सम्भावना लगभग १२ प्रतिशत रहेको छ । अर्जेन्टिनाले सुरुवाती खेल साउदी अरबसँग हारेपनि ट्रफी उठाउने सम्भावना लगभग ११ प्रतिशत रहेको छ । सुरुमा अर्जेन्टिनाले ट्रफी उठाउने सम्भावना १६ प्रतिशत रहेको अनुमान थियो ।

अमेरिकाले जित्ने सम्भावना शुन्य दशमलव ६ प्रतिशत रहेको छ भने कोस्टारिकाले स्पेनसँग हारेपछि ट्रफी उठाउने सम्भावना शुन्य दशमलव शुन्य ३ प्रतिशत रहेको छ । ।

त्यस्तै गोल्डेनबल जित्ने सम्भावनाबारे पनि अनुमानहरु भइरहेका छन् । मेस्सीले १२ प्रतिशत सम्भावना रहेको र एम्बाप्पेले १४ प्रतिशत सम्भावना रहेको अनुमान गरिएको छ । यो पुरस्कार लगभग सधैं सफल टोलीका एक खेलाडीमा जान्छ, तर विजेता टोलीले नै पाउँछ भन्ने ग्यारेन्टी छैन ।

अन्तिम दुई गोल्डेन बल उपविजेता मेस्सी र क्रोएसियाका लुका मोड्रिचले पाएकाथिए । त्यसअघिका विजेता उरुग्वेका डिएगो फोर्लान पनि सेमिफाइनलसम्म मात्र पुगेका थिए । ब्राजिलका रिचार्लिसनले प्रतियोगिता सुरु हुनुअघि ३ प्रतिशतको सम्भावना बोकेका थिए तर सर्बियाविरुद्धको दुई गोलले उनलाई ११ प्रतिशतको सम्भावनामा ल्याएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com