विपक्षी दलको बिजयपछि ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी प्रमुखबाट राजिनामा


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ ।

मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ ।

यसैबीच, ताइवानकी नेतृ त्साईले आफ्नो दलले स्थानीय निर्वाचनमा पराजय भोगेपछि सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ । उहाँले शनिबार सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो दलले अनपेक्षित पराजय भोगेपछि सत्तारुढ दलको प्रमुख पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले भन्नुभयो, “निर्वाचनको परिणाम सोचेजस्तो आएन । मैले सबै जिम्मेवारी वहन गर्नुपर्छ र म तुरुन्तै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को अध्यक्ष पदबाट राजीनामा दिएकी छु ।”

त्साई स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजिनामा दिनुभएको हो ।

त्साईको डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ ।

बेइजिङले लोकतन्त्रमाथि दबाब बढाइरहेका बेला साइले मतदानलाई ‘अन्तर्राष्ट्रिय समुदाय ताइवानको स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि दृढता र सङ्कल्प देखाउने अवसर’ का रूपमा व्याख्या गरेकी गर्नुभएको थियो ।

मेयर, काउन्टी प्रमुख र स्थानीय काउन्सिलरको निर्वाचन परिणाम कोभिड–१९ महामारी र अपराधजस्ता घरेलु मुद्दाका बारेमा केन्द्रित रहेको थियो । निर्वाचित हुनेहरूले चीन नीतिबारे प्रत्यक्ष प्रतिक्रिया दिइसकेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com