बच्चालाई ध्यानमा राखेर घर किन्ने १ लाख बढी आम्दानी हुनेका लागि अमेरिकामा ५ उत्कृष्ट सिटी


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

यदि तपाईं बच्चाहरूलाई ध्यानमा राखेर घर किन्दै हुनुहुन्छ जीवनयापनका लागि मध्यम खर्च हुने मध्यम खालका सहरहरु, उपनगरीय अनुभूति र राम्रो विद्यालयहरू भएका सहरहरू उत्तम विकल्पहरू हुन् । मोर्गेज दर अहिले दुई दशकको उच्चबिन्दुमा भएका कारण घर खरीदलाई आर्थिक रूपमा अझ गाह्रो बनाएको छ । त्यसैले अहिले सस्तो मुल्यका घर प्राथमिकतामा परेका छन् ।

सामान्यतया मासिक मोर्गेज भुक्तानी, कर, र बीमा लगायतको रकम घरपरिवारको आम्दानीको ३० प्रतिशत भन्दा कम भएमा उक्त परिवारका लागि धान्न सकिने खालको मानिन्छ ।

रकेट मोर्गेजले अमेरिकामा पाँच मिडसाइज सहरहरू फेला पारेको छ जुन बच्चाहरू हुर्काउनका लागि केही उत्कृष्ट ठाउँहरू हुन्। यी सहरका विद्यालयहरूमा औसत आम्दानी प्रायः बार्षिक १ लाख डलर भन्दा बढी रहेको छ ।

घर किन्नको लागि ठाउँ छनौट गर्दा विचार गर्नुपर्ने अन्य कुराहरूमा अस्पतालको निकटता र दैनिक सुविधाहरू जस्तै किराना पसलहरू र सम्पत्तीको मूल्य लगायतका कुराहरु हुन् ।

बच्चाहरु हुर्काउनमा उत्कृष्ट पाँचौंमा आर्लिंगटन, भर्जिनिया रहेको छ । यहाँ औषत घरको मूल्य ८ लाख डलर रहेको छ भने औषत घरको आम्दानी १ लाख २२ हजार रहेको छ । झण्डै साढे २ लाख जनसंख्या भएको यो सिटीको स्कुल डिस्ट्रिक्ट राज्यको २ नम्बरमा रहेको छ ।

त्यस्तै चौथोमा इलिनोयको नेपरभिल रहेको छ । यहाँ औषत घरको मूल्य ५ लाख ४० हजार डलर रहेको छ भने औषत घरको आम्दानी १ लाख २७ हजार रहेको छ । झण्डै डेढ लाख जनसंख्या भएको यो सिटीको स्कूल डिस्ट्रिक्टमा विद्यार्थीहरूले सामान्यतया स्याट र एसीटीपरीक्षाहरूमा अमेरिकामा नै उच्चतम अंक प्राप्त गर्छन्।

तेश्रोमा द वुडल्याण्ड्स, टेक्सास रहेको छ । यहाँ औषत घरको मूल्य ५ लाख ५० हजार डलर रहेको छ भने औषत घरको आम्दानी १ लाख २६ हजार रहेको छ । झण्डै १ लाख १४ हजार जनसंख्या भएको यहाँ प्राथमिक विद्यालयहरू टेक्सासका सार्वजनिक विद्यालयहरूको शीर्ष १० प्रतिशतमा छन्।

त्यस्तै दोश्रोमा एन आर्बर, मिशिगन रहेको छ । यहाँ औषत घरको मूल्य ४ लाख ९५ हजार डलर रहेको छ भने औषत घरको आम्दानी ६९ हजार रहेको छ । झण्डै १ लाख २१ हजार जनसंख्या भएको यहाँ त्यहाँ विद्यार्थी र शिक्षकको अनुपात कम छ भने मिशिगन विश्वविद्यालय पनि छ।

पहिलोमा रहेको छ मेरील्याण्डको कोलम्बिया । यहाँ औषत घरको मूल्य ४ लाख ५० हजार डलर रहेको छ भने औषत घरको आम्दानी १ लाख ११ हजार रहेको छ । झण्डै १ लाख ५ हजार जनसंख्या भएको यहाँको स्कुल डिस्ट्रिक्ट राज्यमै उत्कृष्ट रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com