भारतीय प्रहरीले भण्डारण गरेको ५ सय किलो गाँजा मुसाले खाएको आरोप


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

green and brown plant on white surface

उत्तरी भारतमा लागुऔषध व्यापारीहरूबाट बरामद गरिएको सयौं किलोग्राम गाँजा प्रहरीको गोदाममा राखेको बेलामा मुसाले खाएको आरोप लगाइएको छ।

मुसाहरू साना जनावर रहेको र तिनीहरू प्रहरीसँग नडराउने उत्तर प्रदेशको मथुरा सहरको एक अदालतले उल्लेख गरेको छ । स्थानीय पुलिसले लगभग २ सय किलोग्राम बरामद गाँजा भर्खरैको घटनामा प्रमाणको रूपमा पेश गर्न नसकेपछि भएको सुनुवाईमा अदालतले यस्तो उल्लेख गरेको हो ।

अदालतका कागजातहरूमा पुलिसलाई ३८६ किलोग्राम गाँजा उपलब्ध गराउन भनिएको थियो, तर अभियोजन पक्षले मथुराका विभिन्न स्टेशनहरूमा भण्डारण गरिएको ७ सय किलोग्राम भन्दा बढी गाँजा मुसाको प्रकोपबाट प्रभावित हुनसक्ने अदालतलाई जवाफ दिए।

मुसालाई आरोप लगाइएको घटना पहिलो भने होइन। मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले विभिन्न घटनामा बरामद गरी सहरको शेरगढ र राजमार्ग प्रहरी चौकीमा राखिएको ५ सय किलोभन्दा बढी गाँजाका सन्दर्भमा पनि मुसालाई दोष दिइएको उद्धृत गरेका थिए ।

लगभग सबै प्रहरी चौकीहरूमा मुसाको त्रास रहेकाले जफत गरिएको गाँजाको सुरक्षा गर्न आवश्यक प्रबन्ध गर्न आवश्यक रहेको अदालतको कागजातमा उल्लेख छ । यद्यपि मुसाले गाँजा खाएको घटनाहरू विश्वास गर्न भने गाह्रो हुने कतिपयको भनाई छ ।

अदालतको मुद्दा पछि बोल्दै मथुरा शहरका पुलिस अधीक्षक मार्तण्ड प्रकाश सिंहले गाँजा मुसाका कारण नभई वर्षा र बाढीले नष्ट भएको बताए । अदालतमा बुझाइएको प्रतिवेदनमा मुसाको कुनै उल्लेख नभएको तथा प्रहरीले बरामद गाँजा वर्षा र बाढीमा नष्ट भएको मात्र उल्लेख गरेको उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com