सेनेगलसँग ३-१ गोल ​​अन्तरको पराजयसँगै विश्वकपबाट बाहिरियो कतार


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

आयोजक राष्ट्र कतार शुक्रबार सेनेगलसँग ३-१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यो हारले कतारलाई विश्वकपको ९२ वर्षको इतिहासमा प्रतियोगिताबाट पहिलो चरणमै यति छिटो बाहिरिने पहिलो आयोजक राष्ट्र बनाएको छ ।

सेनेगलसँगको खेल कतारको विश्वकपको दोस्रो खेल थियो। गत आइतबार प्रतियोगिताको उद्घाटन खेलमा कतार इक्वेडरसँग २-० ले पराजित भएको थियो ।

मंगलबारको खेलमा कतारले नेदरल्याण्ड्सलाई हराए पनि अर्को चरणमा पुग्न पर्याप्त अंक पाउने छैन ।

सन् २०१० मा दक्षिण अफ्रिका पनि समूह चरणबाटै बाहिरिएको थियो । तर समूह चरणको अन्तिम तेस्रो खेलसम्म अफ्रिकाको चुनौती बाँकी थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com