नाबालिग लगायतसँगको यौन उत्पीडनमा दोषी पप स्टार क्रिस वुलाई १३ वर्षको जेल सजाय


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

चीनमा क्यानेडियन पप स्टार क्रिस वुलाई नाबालिग लगायतसँग बलात्कारको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई चिनियाँ अधिकारीहरूले जुलाई २०२१ मा इन्टरनेट सेलिब्रेटीहरू र नाबालिग केटीहरूबाट यौन उत्पीडनको आरोपमा हिरासतमा लिएका थिए।

बेइजिङको एक अदालतले शुक्रबार चिनियाँ मूलका क्यानेडियन स्टार क्रिस वुलाई बलात्कारलगायतका अपराधमा १३ वर्षभन्दा बढीको जेल सजाय सुनाएको हो । बेइजिङको एक अदालतले ३२ वर्षीय गायकलाई बलात्कार गरेको र भीड जम्मा गरेर नंगानाच गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

गत वर्ष एक नाबालिग छात्राले डेट बलात्कारको आरोप लगाएपछि थप २४ पीडितले बोल्नुअघि उनी पक्राउ परेका थिए। उनीहरु मध्ये कैयन नाबालिग रहेका थिए । अदालतले चीनमा जेलसजाय पूरा गरेपछि क्यानडा देश निकाला गरिने जनाएको छ ।

बेइजिङको चाओयाङ जिल्ला अदालतका अनुशार वुले सन् २०२० मा आफ्नो घरमा तीन महिलालाई मादक पदार्थ सेवन गराएर बलात्कार गरेको अभियोगमा ११ वर्ष ६ महिना जेल सजाय भोग्नुपर्नेछ । त्यस्तै नंगानाचका लागि मानिसहरूलाई भेला गरेको अभियोगमा एक वर्ष र १० महिनाको जेल सजाय सुनाएको हो ।

उनीमाथि पहिलो आरोप लगाउने विद्यार्थी डु मेइझु थिइन्। उनले वुसँग दुई वर्षअघि १७ वर्षको हुँदा भेटेकी थिइन् । त्यतीबेला उनी नाबालिग थिइन् । उनलाई घरमा पार्टीमा निम्तो दिएर रक्सी पिउन दबाब दिइएको थियो । र त्यसपछि उनीसँग यौन सम्पर्क राखिएको थियो ।

गायकले ६९ मिलियन डलर कर छली जरिवाना पनि भोग्नु परेको छ। वु चीनमा जन्मेका थिए तर उनीसँग क्यानाडाको नागरिकता छ । १० बर्षको उमेरमा उनी आमासँग क्यनडा बसाई सरेका थिए ।  एक गायक, अभिनेता, मोडेल र विविधता शो न्यायाधीशको रूपमा एकल क्यारियरमा एक्कासी चम्केपछि उनी चीनको ठूलो सेलिब्रेटी बने। उनले सन् २०१७ मा हलिउड चलचित्र खेलेर हडिउडमा डेब्यु गरेका थिए ।

चीनमा अवैध र अनैतिक गतिविधिहरूको लागि कालोसूचीमा परेका ८८ सेलिब्रेटीहरूमध्ये वु एक हुन्। लुइ भुटन, बुल्गारी, लोरियल मेन र पोर्श लगायतका ब्रान्डहरूले यस वुसँगको साझेदारी निलम्बन गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com