विश्वकप २०२६ कहाँ आयोजना हुँदैछ ?


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

विश्व कप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ । २०२६ मा पहिलो पटक तीन फरक देशहरूले प्रतियोगिता साझारुपमा गर्दैछन् ।

अमेरिकाले शियाटल, सान फ्रान्सिस्को, लस एन्जलस, कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, बोस्टन, फिलाडेल्फिया, मायामी र न्युयोर्क /न्यु जर्सीमा खेलहरू आयोजना गर्नेछ। मेक्सिकोले मेक्सिको सिटी, ग्वाडालाजारा र मोन्टेरीमा खेल आयोजना गर्नेछ । क्यानडाले भ्यानकुभर र टोरन्टोमा खेलहरू आयोजना गर्नेछ।

फिफाले प्रतियोगिताको ठ्याक्कै मिति घोषणा गरेको छैन । आयोजकहरूले कतारमा तातो मौसमका कारण २०२२ को संस्करण नोभेम्बर र डिसेम्बरमा आयोजना गर्ने छनौट गरेपनि २०२६ को विश्वकप भने जुन र जुलाईमा आफ्नो नियमित स्लटमा फर्किनेछ ।

कतारमा यस वर्षको प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेपनि २०२६ भने ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् । मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा दुई पटक विश्वकप आयोजना गरिसकेको छ भने २०२६ मा तेश्रो पटक प्रतियोगिता आयोजना गर्ने पहिलो देश बन्नेछ ।

अमेरिकाले सन् १९९४ मा एक पटक प्रतियोगिता आयोजना गरेको थियो। क्यानडाले कहिल्यै पुरुष विश्वकप आयोजना गरेको छैन, तर २०१५ मा महिला संस्करणको आयोजना गरेको थियो।

२०२६ को विश्वकप आयोजना गर्ने अर्को उम्मेद्वार मोरक्को पनि थियो। तर २०१८ मा फिफाको कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १३४ र मोरक्कोको पक्षमा ६५ भोट आएपछि अमेरिका, क्यानडा र मेक्सिकालाई छनौट गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com