लुटपाटका लागि घरभित्र छिरेका बन्दुकधारी ९२ बर्षीया महिलाको सामनापछि नलुटी फिर्ता


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

अमेरिकाको साउथ क्यारोलिनाकी एक ९२ वर्षीया महिला एग्नेस एबर्टले आइतबार उनको घरमा दुई बन्दुकधारी घुस्दा सुरुमा त विश्वासै गर्न सकिनन् । तर अन्तत एबर्टले चोरहरूलाई कुरामा फसाएर घर छाड्न बाध्य पारिन् ।

एबर्टले हलमार्क चलचित्र हेर्दै थिइन् । जब उनले आफ्नो सुरक्षा प्रणालीले पछाडिको ढोका खुला रहेको संकेत दियो । केही समय पछि मास्क लगाएका दुई पुरुषहरू बन्दुक लिएर उनको घरमा पसे।

एबर्टले तत्कालै तिनीहरूलाई सामना गरिन् । उनलाई कसैले मजाक गरेको जस्तो लागेको थियो । उनले भनिन् – ‘के यो मजाक हो ? तपाईंहरु को हुनुहुन्छ ? मसँग धेरै केटाकेटाीहरु छन् । उनीहरु मजाक गर्न मन पराउँछन् । तर तिनीहरूले यस्तो मजाक त कहिल्यै गरेनन् ।’

त्यसपछि ती पुरुषहरू उनको घरबाट बाहिर निस्के र छिमेकमा छिरे । छिमेकीहरूले आफूहरू केही चोरी नभएकोमा खुसी रहेको तर आफ्नो असुरक्षा महसुस गरेको बताएका छन् ।

एबर्टले कुनै पनि कुरालाई सामान्य रूपमा नलिने र शान्त छिमेकमा पनि नराम्रो चीजहरू हुन सक्छ भनी चेतावनी दिइन् ।

एबर्टका ८ छोराछोरी, ३० नातिनातिनी र २७ पनातिपनातिनाहरू छन् । छिमेकीहरूले यो घटनाले उनीहरूलाई स्तब्ध बनाएको बताएका छन् ।

प्रहरीले घरभित्र छिर्ने बन्दुकधारीहरुको खोजी गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com