आपत्तिजनक नारावाजीपछि के रंगशालामा मेक्सिको र इक्वेडरका फ्यानलाई प्रतिबन्ध लाग्ला?


प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

(221122) — DOHA, Nov. 22, 2022 (Xinhua) — Starting players of Mexico pose prior to the Group C match between Mexico and Poland of the 2022 FIFA World Cup at Ras Abu Aboud (974) Stadium in Doha, Qatar, Nov. 22, 2022. (Xinhua/Wang Lili)

मेक्सिकोका फ्यानहरूले पोल्याण्डका खेलाडीहरूप्रति मङ्गलबारको विश्वकपमा खेल बराबरीका क्रममा गरेको विभेदपूर्ण र आपत्तिजनक नाराबाजीबारे फिफाले अनुसन्धान सुरु गरेको छ । फिफा अनुशासन समितिले मेक्सिको र पोल्याण्डको खेलको क्रममा मेक्सिकन समर्थकहरूले नारा लगाएका कारण मेक्सिकन फुटबल संघ विरुद्ध अनुसन्धान सुरु गरेको हो ।

मेक्सिको राष्ट्रिय फुटबल टोलीका समर्थकहरूले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की बिरूद्ध अपमानजनक टिप्पणी गरेका थिए । अघिल्लो खेलमा फ्यानले समलिंगीहरुलाई अपमान हुनेगरी नाराहरू प्रयोग गरेको सजायको रूपमा मेक्सिकोले विश्वकप छनोटका दुईखेल प्रशंसकहरू बिना खेल्नु परेको थियो ।

प्रशंसकहरूले लगातार समलिङ्गी विरोधी नाराहरू लगाएका कारण मेक्सिकोले खाली स्टेडियममा खेल्नुपरेको थियो भने मेक्सिकन फुटबल महासंघलाई १ लाख १० हजार डलर जरिवाना पनि गरिएको थियो। समर्थकहरूलाई विपक्षी खेलाडीहरूलाई गाली गर्नबाट रोक्नको लागि लामो समयदेखि चलिरहेको अभियानमा यो सबैभन्दा नयाँ सजाय थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 मेक्सिकोका फ्यानहरू

फिफाको अहिलेको कारवाही समलिंगीहरुलाई अपमान हुनेगरी गरिएको नारावाजीका कारण हो वा वा मेक्सिको समर्थकहरूको अन्य व्यवहारको कारण हो भन्ने स्पष्ट छैन ।

मेक्सिकोका फ्यानहरू

फिफाले इक्वेडरका प्रशंसकहरूबाट समलिंगीहरुलाई अपमान हुनेगरी गीतहरू गाएकोमा पनि अनुसन्धान सुरु गरेको छ । इक्वेडरका केही फ्यानहरूले इक्वेडर र कतारबीचको खेलमा होमोफोबिक गीत गाउँदै गरेको सुनिएको थियो।

फिफाले मेक्सिकन र इक्वेडोर संघहरूविरुद्धका यी विषय सम्बोधन गर्न कुनै समय तालिका दिएको छैन । साथै कस्तो सजाय हुने भन्नेबारे पनि केही बताइएको छैन । खेलहरूमा प्रशंसक व्यवहारको लागि संघहरूहरु जिम्मेवार हुनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com