स्पेनले कोस्टारिकालाई ७-० ले हरायो


प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

स्पेनले कोस्टारिकालाई ७-० ले हराएको छ ।

खेलमा ला फुरिया रोजाको प्रदर्शन पूर्ण रूपमा हावी थियो। स्पेनका तर्फबाट पहिलो हाफमा दानी ओल्मो, जोर्डी अल्बा र फेरान टोरेसले तीन गोल गरे।

दोस्रो हाफमा पनि स्पेनले कब्जा जमाउनुका साथै आफ्नो अथक आक्रमणलाई निरन्तरता दियो । दोश्रो हाफमा ५४ औं मिनेटमा टोरेसले दोस्रो गोल गर्दै खेललाई ४- ० को अग्रता दिलाएका थिए ।

त्यसको २० मिनेटपछि गाभिले स्पेनका लागि पाँचौं गोल गरे । आफ्नो गोलसँगै १८ वर्षीय स्पेनिस सनसनी आफ्नो देशको विश्वकपमा सबैभन्दा कान्छो गोलकर्ता बने।

तर स्पेन यतीमा रोकिएन । ८९ औं मिनेटमा कार्लोस सोलरले छैटौं गोल गरे । त्यसको केही बेरमै अल्भारो माराटाले स्पेनलाई सातौं जित दिलाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com