भर्जिनियाको वालमार्ट स्टोरमा म्यानेजरले गोली चलाउँदा ६ जना कर्मचारीको मृत्यु


प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

भर्जिनियाको चेसपेकमा रहेको वालमार्ट स्टोरका म्यानजेरले विश्राम कक्षमा अन्य कर्मचारीहरूमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । अमेरिकामा चारदिनको अन्तरालमा भएको यो उच्च प्रकारको सामूहिक गोलीबारीको दोश्रो घटना हो ।

बन्दुकधारीले कर्मचारीहरुको हत्या गरेपछि आफैमाथि गोली चलाएको जनाइएको छ । प्रहरीले बन्दुकधारीलाई पनि मृत अवस्थामा फेला पारेको थियो । गोली चलाउनुको कारण स्पष्ट भएको छैन । घाइते ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

मङ्गलबार राति हमला हुनुभन्दा ठीक अघि पसल व्यस्त रहेको थियो । किनभने ग्राहकहरु थ्याङ्क्सगिभिङ बिदाको अघि किनमेलका लागि आएका थिए । कर्मचारीहरु आफ्नो शिफ्ट सुरु हुनुभन्दा अगाडि विश्राम कक्षमा भेला भएका थिए ।

म्यानेजरले ढोका खोल्नेबित्तिकै फायर सुरु गरेको जनाइएको छ । बन्दुकधारीले एक शब्द पनि नबोलेको प्रत्यक्षदर्शीले बताएका छन् । म्यानेजरले पिस्तोल प्रयोग गरेर गोली चलाएको जनाइएको छ । प्रहरीले मृतक सबै कर्मचारी भएको पुष्टि भएको छ ।

कर्मचारी जेसी विल्जेस्की टेबलमुनि लुकेकी थिइन् । उनलाई बन्दुकधारीले देखेपछि बन्दुकको इशाराले घर जान भनेको र आफू बाहिर निस्केको उनले बताइन् ।

सन् २०२२ मा हालसम्म अमेरिकामा ४० सामूहिक गोलीकाण्डका घटना भएका छन् । जुन २०१९ मा ४५ थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com