सात रिपब्लिकनहरु जसले २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पलाई चुनौती दिने सम्भावना छ


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

२०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन प्राइमरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कस्ले चुनौती दिनसक्ला भन्नेबारे चासो बढेको छ । ट्रम्पले औपचारिक रूपमा यस महिनाको सुरुमा ह्वाइट हाउसको लागि तेस्रो दौडको घोषणा गरिसकेका छन् ।

रिपब्लिकनका लागि मध्यावधी चुनावमा निराशाजनक नतिजाहरू र ट्रम्पले समर्थन गरेकाहरुको उल्लेखनीय पराजयले अन्य रिपब्लिकनहरूलाई चुनाव दौडमा अग्रसर हुन प्रोत्साहित गरेको छ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले आगामी चुनावमा ट्रम्पलाई चुनौती दिनसक्छन् । यद्यपि डिसान्टिसलाई मध्यावधी अघि नै सम्भावित २०२४ को चुनौतीको रूपमा हेरिएको थियो । उनले २०२४ मा उम्मेदवारी दिने कि नदिने भन्ने प्रश्नहरूको स्पष्ट जवाफ दिन बेवास्ता गरेका छन्। तर सप्ताहन्तमा उनको टिप्पणी अनुशार उनी चुनावबाट पछि नहट्ने देखिएको छ ।

संयुक्त राष्ट्रका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीले पनि २०२४ को राष्ट्रपतिको आकांक्षाको संकेत देखाएकी छिन् । संयुक्त राष्ट्रका लागि पूर्व राजदूत र पूर्व दुई कार्यकाल साउथ क्यारोलिना गभर्नर रहेकी हेलीलाई रिपब्लिकन सर्कलमा उनको प्रभावशाली पुन सुरुवातको लागि प्रशंसा गरिन्छ।

यदि ट्रम्पले २०२४ मा उम्मेदबारी दिएमा आफूले उम्मेदबारी नदिने उनले गतबर्ष बताएकी थिइन् । तर हेलीको सम्भावित आकांक्षाहरूलाई हेर्दा उनी त्यो योजनामा ​​अडिग नहुन सक्ने संकेत देखिएको छ ।

पूर्व उपराष्ट्रपति माइक पेन्सले आयोवा र न्यू ह्याम्पशायर जस्ता राज्यहरूमा यात्रा गर्दा २०२४ मा उम्मेदबारीको अनुमानलाई बढाएको छ । उनको नयाँ संस्मरणको विमोचनले उनको राजनीतिक भविष्यको बारेमा प्रश्नहरू थप्नुका साथै उनको अबको यात्राबारे पनि संकेत दिएका छन्।

त्यस्तै पूर्व अमेरिकी विदेशमन्त्री माइक पम्पिओपनि ट्रम्पका लागि चुनौती बन्नसक्छन् । पूर्व कन्सास सांसद, पूर्व सीआईए निर्देशक र ट्रम्प प्रशासन अन्तर्गत पूर्व विदेशमन्त्री पम्पिओले राष्ट्रपतिको महत्वाकांक्षा देखाएका छन् । हेलीजस्तै पोम्पेओ पनि विदेश नीति अनुभवका साथ सम्भावित ह्वाइट हाउसको लडाईमा आउनेछन् ।

भर्जिनिया गभर्नर ग्लेन यंगकिनपनि सम्भावित उम्मेदबार हुन् । सन् २०२१ मा भर्जिनियाको गभर्नरको दौडमा पूर्व गभर्नर टेरी म्याकअलिफविरुद्ध विजयी हुँदा यङकिन निकै चर्चामा आएका थिए । उनले एरिजोनामा कारी लेक, विस्कॉन्सिनमा टिम मिशेल्स र नेभाडामा जो लोम्बार्डो जस्ता गभर्नरका उम्मेदवारहरूसँग चुनावी प्रचारमा लागेका थिए ।

मेरिल्याण्ड गभर्नर ल्यारी होगन अर्का सम्भावित उम्मेदबार हुन् । मध्यावधीमा पार्टीको निराशाजनक नतिजाहरू पछि होगनले पूर्व राष्ट्रपतिसँगको आफ्नो असन्तुष्टिलाई व्यक्त गर्न पछि हटेका छैनन्। उनले उम्मेदबारी घोषणाबारे विचार गरिरहेका छन् ।

सिनेटर टेड क्रुजले पनि आगामी राष्ट्रपति चुनावमा उम्मेदबारीका लागि ढोका बन्द गरेका छैनन्त । उनले चुनावमा उठ्ने बताइसकेका छन् । तर यो स्पष्ट छैन कि उनको योजना कायमै रहन्छ वा परिवर्तन हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com