विश्वकपमा अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा उत्सव, बुधबार सार्वजनिक बिदाको घोषणा


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

फिफा विश्वकपको तेस्रो खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो विदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र सबै विद्यार्थीका लागि हो ।

फिफा विश्वकप अन्तर्गत मंगलबार भएको तेस्रो खेलमा साउदी अरेबियाले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ ।

खेलको १० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको थियो ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो गोल गरे तर रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए ।

त्यसैगरी साउदी अरेबियाले खेलको ४८ औं मिनेटमा पहिलो गोल गरेको थियो । साउदी अरबका लागि सालेह अलसेहरीले गोल गरे । साउदी अरेबियाका लागि ५३ औं मिनेटमा सलेम एल्डसारीले दोस्रो गोल गरे ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com