क्रिस्टियानो रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

क्रिस्टियानो रोनाल्डोले तत्कालदेखि लागु हुनेगरी म्यानचेस्टर युनाइटेड छाडेको इंग्लिस प्रिमियर लिग क्लबले मंगलबार घोषणा गरेको छ ।

रोनाल्डोले क्लबमा आफ्नो निराशाको बारेमा टिभी अन्तर्वार्ता दिएको एक हप्ता पछि आएको यो निर्णय आपसी सहमतिबाट गरिएको युनाइटेडले जनाएको छ ।

३४६ खेलमा १४५ गोल गर्दै उनले दिएको ठूलो योगदानको लागि क्लबले धन्यवाद दिएको छ । साथै उनको र उनका परिवारलाई भविष्यको लागि शुभकामना दिएको छ ।

रोनाल्डो हाल विश्व कपको लागि कतारमा पोर्चुगल राष्ट्रिय टोलीसँग छन् । पियर्स मोर्गनसँगको अन्तर्वार्तामा रोनाल्डोले युनाइटेडले आफूलाई धोका दिएको महसुस गरेको र प्रबन्धक टेन ह्यागप्रति आफूलाई कुनै सम्मान नभएको बताएका थिए ।

यो विश्वकपमा रोनाल्डोको उपस्थिति अन्तिम हुने सम्भावना छ । त्यस पछि कुन क्लबले उनलाई सिजनको दोस्रो हाफको लागि अनुबन्ध गर्नेछ भन्ने स्पष्ट छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com