कोलोराडो स्प्रिंग्स समलिङ्गी नाइट क्लबमा गोली चल्दा ५ को मृत्यु, १८ घाइते


प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार

कोलोराडो स्प्रिङ्सको एक समलिङ्गी नाइटक्लबमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । विहान कोलोराडो स्प्रिंग्स पुलिस विभागले नर्थ एकेडेमीमा रिपोर्ट गरिएको गोलीकाण्डपछि घटनास्थलमा पुगेको जानकारी दिएको थियो ।

अधिकारीहरू नर्थ एकेडेमी ब्लुभर्डको ३४०० ब्लकमा रहेको क्लब क्युमा सक्रिय गोलीकाण्डपछि घटना स्थलमा पुगेका थिए । शहरका सबै चार गस्ती डिभिजनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए ।

अधिकारीहरूले तुरुन्तै संदिग्ध व्यक्तिलाई बार भित्र भेट्टाएका थिए । घाइते भएको संदिग्धलाई मेडिकल उपचारको लागि अस्पताल लगिएको छ । साथै हिरासतमा राखिएको छ। के कारणले चोट लागेको भन्ने स्पष्ट छैन । तर अधिकारीहरूले भने गोली नचलाएको प्रहरीले जनाएको छ ।

घाइते कम्तीमा १८ जनालाई सहरका विभिन्न अस्पतालमा लगिएको छ । गोलीबारीमा घाइते भएका अधिकांश व्यक्तिहरूको आफ्ना प्रियजनहरूसँग पुनर्मिलन भइसकेको छ । प्रहरीले घाइते र मृतकका परिवार र प्रियजनहरूलाई सूचित गर्न काम गरिरहेको छ।

घटनास्थलमा बाटो बन्द गरिएको छ । यो अनुसन्धानले कति समय लिन्छ भन्ने कुनै समयरेखा छैन तर मानिसहरूलाई आइतबार बिहानसम्म यस क्षेत्रबाट जोगिन भनिएको छ।

यो हिंसा यस महिनाको छैटौं सामूहिक हत्या हो । टेक्सासको उभाल्डमा एक स्कूलमा गोलीबारीमा २१ जनाको मृत्युले राष्ट्र हल्लाकै बर्ष यो घटना भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com