एलन मस्कबाट डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट पुनर्स्थापित


प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट प्लेटफर्ममा पुनःस्थापित गरिएको छ।

संसदमा जनवरी ६ मा भएको आक्रमण पछि ट्विटरले प्रतिबन्धित गरेको खाता ट्विटरका सीईओ एलोन मस्कले शुक्रबार राति ट्विटरमा एक सर्वेक्षण पोस्ट गरेपछि पुनर्स्थापित गरिएको हो । ट्वीटरमा ट्रम्पलाई पुनर्स्थापित गर्नुपर्छ कि पर्दैन भनेर मस्कले प्रयोगकर्ताहरूमाझ सर्वेक्षण पोष्ट गरेका थिए ।

‘जनताले बोलेका छन्। ट्रम्पलाई पुनर्स्थापित गरिनेछ,’ ट्विटरका नयाँ मालिक एलन मस्कले शनिबार राति ट्वीट गरे -‘भोक्स पोपुली, भोक्स देई’  जनताको आवाज ईश्वरको आवाज हो।

सर्वेक्षणमा ट्रम्पको एकाउन्ट पुनर्स्थापित हुनुपर्ने पक्षमा ५१.८ प्रतिशत र विपक्षमा ४८.२ प्रतिशत रहेका थिए । सर्वेक्षणमा १५ मिलियन मतहरू समावेश थिए।

ट्रम्पले पहिले उनी ट्विटरमा पुन फर्कनुको सट्टा आफ्नो प्लेटफर्म ट्रुथ सोशलमा रहने बताएका थिए । तर उनको दृष्टिकोणमा परिवर्तनले ठूलो राजनीतिक प्रभाव पार्न सक्छ। ट्रम्पले यस महिना आगामी राष्ट्रपति चुनावमा उम्मेदबारीको घोषणा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com