यी हुन् पदमा रहँदा सबैभन्दा बढी उमेरका ५ अमेरिकी राष्ट्रपतिहरु


प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्नो ८० औँ जन्मदिन मनाउँदै छन् । योसँगै उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन्।

यदि बाइडेनले दोस्रो कार्यकालको लागि उम्मेदबारी दिएको खण्डमा धेरैले उमेरलाई बाधाका रुपमा हेरेका छन् । चुनाव जीतेमा २०२५ मा कार्यभार सम्हाल्ने बेला बाइडेन ८२ वर्षको हुनेछन् र दोस्रो कार्यकालको अन्त्यमा ८६ वर्षका हुनेछन्।

अमेरिकामा सबैभन्दा धेरै उमेरमा राष्ट्रपति पदमा रहेकाहरु यसप्रकार छन् ।

राष्ट्रपति बाइडेनको जन्म नोभेम्बर २०, १९४२ मा भएको थियो, जब अमेरिका दोस्रो विश्वयुद्धमा संलग्न थियो। बाइडेनले ७८ वर्षको उमेरमा २०२१ मा आफ्नो पदको सपथ लिएका थिए। आइतबार उनी ८० वर्ष पुग्दै गर्दा अमेरिकामा पदमा रहने सबैभन्दा धेरै उमेरका राष्ट्रपति बन्नेछन्।

रोनाल्ड रेगनको जन्म ६ फेब्रुअरी १९११ मा भएको थियो, जुन वर्ष पहिलो अटोमोबाइल इलेक्ट्रिकल इग्निशन प्रणाली आविष्कार गरिएको थियो। उनी ६९ वर्षको उमेरमा राष्ट्रपति बने र दुई कार्यकालकोको अन्त्यमा ७७ वर्षका थिए। रेगन ९३ वर्षको उमेरसम्म बाँचे।

डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ मा भएको थियो, जुन वर्ष संयुक्त राष्ट्र संघको पहिलो बैठक बसेको थियो। राष्ट्रपति पदको अन्त्यमा ट्रम्प ७४ वर्षका थिए । उनी पुन चुनावको लागि उम्मेदबारीको घोषणा गरेका छन् । यदी जीतेमा पदभार ग्रहण गर्ने बेलामा उनी ७८ बर्षका हुनेछन् भने दोस्रो कार्यकालको अन्त्यमा ८२ वर्षका हुनेछन् ।

ड्वाइट डी आइसेनहोवरको जन्म १४ अक्टोबर १८९० मा भएको थियो, जुन वर्ष वायोमिङ र आइदायोलाई ४३ र ४४ औं राज्यको रूपमा स्वीकार गरिएको थियो। आइसेनहोवरले आफ्नो राष्ट्रपतिको कार्यकाल ६२ वर्षमा सुरु गरे र ७० वर्षको उमेरमा उनले कार्यालय छोडे।

एन्ड्रयू ज्याक्सनको जन्म मार्च १५, १७६७ मा भएको थियो, जुन वर्ष बेलायतले टाउनसेन्ड राजस्व ऐन अन्तर्गत अमेरिकी उपनिवेशहरूमा आयात गरिएका सामानहरूमा कर लगाउन थाल्यो। ज्याक्सनले ६१ वर्षको उमेरमा पदभार ग्रहण गरेका थिए र आफ्नो दोस्रो कार्यकालको अन्त्यमा ६९ वर्षका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com