विधिमा आधारित खुला व्यापारका लागि राष्ट्रपति सीको आह्वान


प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार

चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उहाँले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताउनुभयो ।

बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित र स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

खुला, भेदभावरहित व्यापार र लगानीको वातावरण निर्माण गर्न तथा सामूहिक हितको खातिर समावेशितामा ध्यान दिन उत्तिकै जरूरी भएको विचार चिनियाँ राष्ट्रपतिले व्यक्त गर्नुभयो । क्षेत्रीय आर्थिक सहयोग संरचना निर्माण, साना तथा मझौला उद्यमको विकास, एशिया–प्रशान्त क्षेत्रको बजार प्रवद्र्धन, आर्थिक पुनरुत्थान तथा दिगो विकासलाई सहज बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

चीनले ग्रामीण क्षेत्रको पुनरुत्थान, एशिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि खुला क्षेत्रीय सहयोगलाई समर्थन गर्ने, क्षेत्रीय आर्थिक सहयोगको स्तर उकास्ने, परिष्कृत प्रविधि प्रयोग गरेर नयाँ उत्पादन बजारमा पु¥याउन तथा उच्चस्तरको खुलापनप्रतिको आफ्नो प्रतिबद्धताबाट आफ्नो देश पछि नहट्ने दृढता राष्ट्रपति सीले व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com