इयुद्वारा कोप-२७ मा ‘अस्वीकार्य’ उत्सर्जन प्रस्ताव अस्वीकार


प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार

युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई ‘अस्वीकार्य’ भनी अस्वीकार गरेको गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ ।

‘यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,’ फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप-२७ को नतिजालाई उल्लेख गर्दै एएफपीलाई बताएका छन् । उनले भनेका छन्-‘यो फ्रान्स र युरोपेली संघ देशहरूका लागि अस्वीकार्य छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com