गाजा पट्टीको शरणार्थी शिविरमा भीषण आगलागी, २१ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार

प्यालेस्टाइनको गाजा पट्टीको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । उत्तरी गाजा पट्टीको घना जनसंख्या भएको जबलिया शरणार्थी शिविरमा रहेको चार तले आवासीय भवनको माथिल्लो तल्लामा लागेको भीषण आगो निभाउन अग्निनियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। स्वास्थ्य तथा नागरिक आपतकालिन अधिकारीहरुले बिहीबार यो जानकारी दिएका हुन् ।

आगलागीको घटनापछि घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो । यसैबीच इजरायलले आवश्यक परेको खण्डमा उपचार गर्न दिने बताएको छ । गाजाको आन्तरिक मन्त्रालयले घटनास्थलमा ठूलो मात्रामा पेट्रोल राखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, जसले गर्दा आगो छिट्टै फैलियो र भवनलाई घेर्यो। आगो लागेपछि मानिसहरु चिच्याएको आवाज आएपनि आगो देखेर भित्र रहेका मानिसहरुलाई सहयोग गर्न नसकिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com