खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा, विद्यालय बन्द


प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार

खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको छ । गभर्नर क्याथी होकुलले बिहिबार ती काउन्टीहरुमा संकटकालिन अवस्थाको घोषणा गरेकी हुन् । सप्ताहन्तमा नयुयोर्कको बफेलो लगायतका क्षेत्रमा पाँच फिट सम्म हिमपातको सम्भावना रहेको छ ।

बफेलो क्षेत्र प्रमुख जीवन जोखिमपूर्ण आँधीको चपेटामा पर्न लागेको उल्लेख गर्दै गभर्नर होकुलले राज्यको यातायात विभाग, नेशनल गार्ड र हिउँ सोहोर्ने गाडीहरु सबै स्ट्यान्डबाइ रहेको बताएकी छिन् ।

उनले भिजिबिलिटी शुन्य हुने भएकाले स्थानीयहरूलाई सडकबाट टाढा रहन आग्रह गरेकी छिन् । विद्यालयहरू बन्द हुनेछन् र स्थानीयहरूलाई टाढाबाट काम गर्न र सम्भव भए घरमा बस्न प्रोत्साहित गरिएको छ।

न्यूयोर्क राज्यका केही भागहरू बिहीबार हिमआधीको चपेटामा परिरहेको छन् । बुधवार सुरु भएको भयंकर हिमआँधीले कम्तिमा हप्ताको अन्त्यसम्म सडकको अवस्था खराब हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय मौसम सेवाले भिजिविलिटी जिरो हुनसक्ने र सडकहरू हिउँले ढाकिने अनुमान गरेको छ । जसका कारण यात्रालाई लगभग असम्भव बनाउनेछ ।

बुधवार राति आएको आँधीले न्युयोर्कको बफेलोबाट करिब २५ माईल दक्षिणपूर्वमा रहेको साउथ वेल्समा १० इन्च हिउँ खसालेको छ । नजिकैको सहर कोल्डेनमा ८ इन्चभन्दा बढी हिउँ परेको मौसम सेवाले जनाएको छ । सबैभन्दा खराब अवस्था भने आउन बाँकी छ।

सबैभन्दा भारी हिमपात बिहीबार साँझबाट सुरु हुने र शुक्रबारसम्म चल्ने अनुमान गरिएको छ, सप्ताहन्तमा थप तीव्र हिउँ परेको मौसम सेवाले जनाएको छ।

राष्ट्रिय मौसम सेवा मौसमविद् जोन हिचककका अनुशार यो धेरै लामो समयसम्म चल्ने र लेक ओन्टारियो तालको पूर्वमा ठूलो लेक इफेक्ट हिमपात हुनेछ । एरी र ओन्टारियो तालहरूको डाउनवाइन्ड क्षेत्रहरूमा हिमपातका साथमा मेघगर्जन र बिजुली चम्किनेछ ।

न्युयोर्क र उत्तरपश्चिम पेन्सिलभेनियाको बफेलो र वाटरटाउन क्षेत्रहरूमा बिहीबार र शुक्रबार पनि धेरै फिट हिउँ पर्ने पूर्वानुमान गरिएको छ ।
केही स्थानमा प्रतिघण्टा ३ इन्चको दरले हिउँ पर्न सक्छ भने केही क्षेत्रमा ४ फिटसम्म हिउँ जम्ने अनुमान गरिएको छ ।

इन्डियाना र उत्तरपूर्वी ओहायोका केही भागमा एक फिटभन्दा बढी हिमपात हुने अनुमान गरिएको छ । र ग्रेट लेक वरपर ५ मिलियन भन्दा बढी मानिसहरूले बिहीबार हिम सतर्कता अपनाउनुपर्नेछ ।

क्षेत्रहरू लेक इफेक्ट हिउँले ढाकिदै गएका छन् । जुन चिसो नभएको तालमाथि धेरै चिसो हावाको अवस्थाले श्रृजना गर्छ ।
एउटा ताल उदाहरणका लागि लगभग ४० डिग्री फरेनहाइटको तापक्रममा हुन सक्छ जबकि हावाको तापमान जम्ने अवस्थाको तापक्रम भन्दा कम हुन सक्छ।

तापमानको भिन्नताले केही अस्थिरता सिर्जना गर्छ र पानीले आर्द्रताको स्रोत प्रदान गर्दछ । जब यो जमिनमाथि पुग्छ, यसले पानीको बाफलाई हिउँको रूपमा जम्मा गर्छ।

बिहिबार साँझ ४ बजेदेखि बिहीबार न्यूयोर्क राज्यको इन्टरस्टेट ९० राजमार्गको रोचेस्टर र बफेलो क्षेत्रमा पेन्सिलभेनिया सीमानासम्म व्यापारिक आवतजावतमा रोक लगाइएको छ ।

यस आँधीलाई कम नठान्न न्यूयोर्क राज्यको होमल्याण्ड सुरक्षा र आपतकालीन सेवाहरूको डिभिजनका आयुक्तले चेतावनी दिएका छन् ।सबैले छिमेकीहरूलाई जाँच गर्नुपर्ने विशेष गरी कमजोर छिमेकीहरूलाई ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com