चिनियाँ समकक्षी सीसँग पहिलोपटक वार्ता गर्दै बाइडेन. ‘विवादको विन्दु’ खोजिने


प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्च स्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवादको विन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताउनुभएको छ ।

सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन् ।

मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताउनुभएको छ ।

तर यो शिखर सम्मेलन बेइजिङ र वासिङ्टनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताउनुभएको छ ।

इन्डोनेसियाको बाली टापुमा रहेको जी–ट्वन्टी सम्मेलनमा जानुअघि एशियाली नेताहरूसँग भेट गरेका उहाँले नोमपेनमा पत्रकारसँग भन्नुभयो, “म सी जिनपिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ ।”

बाइडेनले भन्नुभयो, “हामीसँग निकै थोरै मात्र मतभिन्नताहरू छन् । हामीले रातो रेखा के हो भनेर खोज्ने अवसर पाएका छौँ ।”

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बाइडेन बाली उड्दै गर्दा पत्रकारहरूसँग बताएअनुसार “अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश, दुई राष्ट्रपति र उनीहरूका टोलीले महत्वपूर्ण मुद्दाहरूमा सहयोगात्मक रूपमा काम गर्न सक्ने बिषय यस बैठकबाट बाहिर आउने आशा गर्नुभएको छ ।

उत्तर कोरियाले छिट्टै सातौं  पटक आणविक परीक्षण गर्ने अपेक्षाबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि चिनियाँ राष्ट्रपति सीसँग आग्रह (दबाब) दिने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com