चीनका राष्ट्रपति सी जी ट्वेन्टी र एपेक सम्मेलनमा सहभागी हुँदै


प्रकाशित मिति : कार्तिक २५, २०७९ शुक्रबार

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुनुहुने भएको छ ।

थाइल्याण्डमा हुने राष्ट्रपति सी एशिया प्रशान्त– आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । कोभिड–१९ को महामारी र चिनियाँ कम्युनिष्ट पार्टीबाट महासचिवमा पुनः निर्वाचित भएपछि हुन लागेको यो भ्रमणले चीन र उदीयमान अर्थतन्त्र भएका देशको सम्बन्धलाई अझ सघन तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अन्य नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता झाओले बताएका छन् । राष्ट्रपति सीले सत्तारुढ कम्युनिष्ट पार्टीको नेताका रूपमा तेस्रो पाँच वर्षको कार्यकाल पाएपछि अमेरिका र अन्य शाक्तिराष्ट्रका नेतासँग व्यापारलगायत क्षेत्रीय एवम् अन्तर्राष्ट्रि चासोका विषयमा सघन छलफल हुने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com