अमेरिकामा बियर नदिएपछि आइता गुरुङले श्रीमतिको हत्या र सासुमाथि आक्रमण गरेको खुलासा


प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार

अमेरिकाको भर्मोन्टमा सन् २०१७ मा भएको एउटा हत्या र आक्रमणमा आइता गुरुङलाई दोषी ठहर गरिएको छ । श्रीमति योगेश्वरी खड्काको हत्या र सासु तुलसा रिमालमाथि आक्रमण गरेको अभियोगमा गत बिहिबार जुरीले आइता गुरुङलाई दोषी ठहर गरेको हो ।

श्रीमतीको मासु काट्ने चक्कुले हत्या गरेको र आफ्नी सासूलाई आक्रमण गरेको आरोपमा आइता गुरुङमाथिको मुद्दामा झण्डै एक महिना लामो सुनुवाइ भएको थियो । त्यसपछि बिहीबार फर्स्ट डिग्री मर्डर र सेकेन्ड डिग्री मर्डरको आरोपमा दोषी ठहर गरिएको हो । गुरुङले बियर नदिएको रिसमा श्रीमतीको हत्या गरेको अदालती कागजातमा उल्लेख छ ।

गुरुङको मानसिक सन्तुलन ठीक नभएको भन्दै यो मुद्दामा गुरुङलाई उन्मुक्ति दिलाउने प्रयास भएतापनि जुरी आक्रमणको समयमा गुरुङ कानुनी रूपमा सद्दे रहेको निष्कर्ष निकाल्नै पागलपनको निवेदन अस्वीकार गरेको थियो। हाइड स्ट्रिटमा भएको हिंस्रक हमलाको समयमा गुरुङ पागल भएको प्रमाणित गर्न उनका वकिलका तर्फबाट लामो प्रयास भएको थियो ।

woman in gold dress holding sword figurine

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवार, कानून प्रवर्तन, र चिकित्सा विज्ञहरूबाट तीन हप्ताको गवाही पछि जूरीले चार दिनसम्म छलफल गरेको थियो । त्यसपछि बिहीबार उनीहरूले हत्याका बेलामा गुरुङको उपचार गर्ने फोरेन्सिक मनोचिकित्सक डा विलियम हर्नको बयानको एक घण्टा भन्दा बढी समीक्षा गरेका थिए ।

सहायक महान्यायाधिवक्ता रोज केनेडीले मृतक योगेश्वरी खड्का र पीडित तुलसा रिमालका लागि न्याय भएको फैसला सुनाएका हुन् । गुरुङ विरुद्धको मुद्दा चिटेनडेन काउन्टी राज्यकी एटोर्नी साराह जर्जले २०१९ मा फिर्ता लिएकी थिइन् । किनभने त्यतीबेला उनले गुरुङ सद्दे रहेको प्रमाणित गर्न सकिनन् । तर गुरुङको मुद्दामा उनको निर्णयले राजनीतिक प्रतिक्रिया ल्यायो।

तर गुरुङको मुद्दामा उनको निर्णयले राजनीतिक विरोध भयो । जसका कारण गभर्नर फिल स्कटले तत्कालीन महान्यायाधिवक्ता टीजे डोनोभानलाई मुद्दाहरूको समीक्षा गर्न भने । गभर्नर वा महान्यायाधिवक्ताले स्वतन्त्र रूपमा निर्वाचित भएका राज्यका वकिलहरूले गरेका निर्णयहरूमा हस्तक्षेप गर्नु असाधारण कुरा हो।

स्कट प्रशासनको दबाब पछि भर्मन्ट महान्यायाधिवक्ताको कार्यालयले यो मुद्दा उठाएको थियो । गुरुङको भर्मन्टको मानसिक स्वास्थ्य प्रणालीमा उपचार जारी रहेको छ । उनको सजाय तोकिएको छैन। उनले फस्ट डिग्री मर्डरमा कम्तीमा ३५ बर्ष र सेकेण्ड डिग्री मर्डरमा केही दशक जेलको सजायको सामना गर्नुपर्नेछ । गुरुङ अमेरिकामा रहेका नेपालीभाषाी भुटानी शरणार्थी हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com