अझै विजेताले दावी गरेनन् अमेरिकामा २ बिलियनको पावरबल ज्याकपट, कसैले दावी नगरे के हुन्छ ?


प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार

100 US dollar banknotes

मंगलबार पावरबलले एकजना टिकट खरिदकर्ताले २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट जितेको घोषणा गरेपनि अहिलेसम्म कसैले पनि विजयी टिकट दाबी गरेका छैनन्। सम्भवतः विजेता यो जीवन परिवर्तन गर्ने लोटरी जितेपछि अझैपनि भावुक अवस्थामा हुनसक्छन् ।

रोचक कुरा के छ अमेरिकामा बार्षिक रुपमा लाखौं डलर लोटरीको रकम दावी गरिदैन । प्रत्येक वर्ष लगभग २ बिलियन डलर कसैले पनि दावी गर्दैनन् । लोटरी टिकटहरू अनायासै दाबी नगरिएको विश्वास गरिन्छ । धेरै अवस्थामा हराएका टिकटहरू वा लटरी विजेताहरूले परिणामहरू चेक गर्न बिर्सेका कारण दावी गर्दैनन् । त्यस्तै उनीहरूको टिकटलाई गलत पढेमा वा आफूले जितेको महसुस नगरेमा पनि दावी गर्दैनन् ।

यदि कसैले पनि ज्याकपट दाबी नगरेमा क्यालिफोर्नियाले जति रकमको पावरबल बेचेको छ त्यो रकम क्यालिफोर्नियाको सार्वजनिक शिक्षामा जान्छ।उक्त रकम कुल ९९७ मिलियनको पावरबल ज्याकलपटको लगभग १३ प्रतिशत हो । बाँकी रकम जुन राज्यमा लोटरी बिक्रि भएको हो, त्यही राज्यले प्राप्त गर्छ । ती राज्यहरुले पनि प्राय शिक्षामा नै खर्च गर्छन् ।

अमेरिकामा सन् २०११ मा जर्जियामा ७७ मिलियनको पावरबल टिकट, डिसेम्बर सन् २००२ मा न्यूयोर्कमा ६८ मिलियनको मेगा मिलियन टिकट , सेप्टेम्बर २००२ मा इन्डियानामा बेचेको ५१ मिलियनको पावरबल टिकट र सन् २००६ को अप्रिलमा न्युयोर्कमा बेचेको ४६ मिलियनको मेगा मिलियन टिकट कसैले पनि दावी गरेका थिएनन् ।

100 US Dollar banknote

क्यालिफोर्निया अमेरिकी राज्यहरू मध्ये एक होइन जहाँ लोटरी विजेताहरूसँग गुमनाम रहने विकल्प छ । त्यसैले ज्याकपट विजेताले अन्ततः अगाडि आउनैपर्छ र सार्वजनिक रूपमा आफ्नो जीत दाबी गर्नुपर्नेछ। क्यालिफोर्निया लोटरीका नियम अनुसार उनीहरुले ड्रको मितिदेखि एक वर्षसम्म रकम दावी गर्न सक्छन् ।

विजेताले वार्षिकी विकल्प वा ९९७ मिलियन एकमुष्ट भुक्तानीको छनौट गर्नुपर्नेछ । १ बिलियन एकमुष्ठ जसको परिणाम ३७ प्रतिशत को शीर्ष संघीय कर दरको आधारमा ३६९ मिलियनको कुल कर तिर्नुपर्नेछ ।

त्यस्तै यदि पुरस्कारमा क्यालिफोर्नियामा आयको रूपमा राज्यको कर लगाइने भएको भए विजेताले १२० मिलियन भन्दा बढीको अतिरिक्त राज्य कर बिल सामना गर्नुपर्ने थियो । तर क्यालिफोर्नियामा लोटरी जित्दा कर लगाउदैन ।

यसैबीच क्यालिफोर्निया लोटरी अनुसार ३८ मिलियन डलरका एक विजेताले सुपरलोट्टोका लागी आफ्नो पुरस्कार दावी गर्ने समय सकिएको छ । विजयी टिकट सान डिएगोको एउटा स्टोरमा खरिद गरिएको थियो भने अप्रिल ३० मा उक्त टिकटले ३८ मिलियन जितेको थियो ।

सुपरलोट्टो प्लसका विजेताहरूले १८० दिनभित्र पुरस्कार दावी गर्नुपर्छ । जुन अक्टोबर २८ मा सकिएको छ । अब यसको नगद मूल्य झण्डै २३ मिलियन क्यालिफोर्नियाका सार्वजनिक विद्यालयहरूमा जाने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com