क्यालिफोर्नियामा २ बिलियनको लोटरी बेच्ने ग्यास स्टेशन मालिकले १ मिलियन पाउने


प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार

क्यालिफोर्नियामा २ बिलियनको पावरबल लोटरी बेच्ने ग्यास स्टेशनका मालिकले १ मिलियन डलर पाउने भएका छन् । यस हप्ताको सुरुमा क्यालिफोर्नियाको अल्टाडेनामा रहेको सर्भिस स्टेशनबाट २ बिलियन डलरको पावरबल लोटरी बिक्रि भएको थियो ।

पापा जो भनेर चिनिने जोसेफ चाहेदको ग्यास स्टेशनबाट बेचिएको टिकटले २ बिलियनको ज्याकपट जितेको हो । पापा जो अमेरिकी सपनाको खोजीमा सन् १९८० मा अमेरिका आएका एक सिरियाली आप्रवासी हुन् ।

क्यालिफोर्निया पावरबल नियम अनुशार विजेता टिकट बेच्ने खुद्रा विक्रेताले ज्याकपटकको शुन्य दशमलव ५ प्रतिशत वा बढीमा १ मिलियन डलरसम्म प्राप्त गर्नसक्छन् । जसले जोसेफ चाहेदलाई रातारात मिलेनियर बनाउने भएको छ ।

उनले क्यालिफोर्निया लोटरीको प्रेस सम्मेलनमा उक्त रकम आफ्नो परिवारसँग बाड्ने योजनामा ​​रहेको बताएका छन् । आफ्ना ११ जना नातिनातिना रहेको र रकम उनीहरुसँग बाड्ने उनले बताएका छन् । जोसेफ चाहेद ७५ बर्षका व्यक्ति हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com