८० बर्ष पुग्दै गरेका बाइडेनको आगामी राष्ट्रपति चुनावमा उठ्ने योजना, निर्णय २०२३ को सुरुतिर


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति चुनावमा पनि उठ्न चाहेको बताएका छन् । साथै उनले यसबारे अन्तिम निर्णय भने सन् २०२३ को सुरुतिर लिने बताएका छन् । मङ्गलबारको मध्यावधि चुनावको नतिजा लोकतन्त्रका लागि राम्रो भएको घोषणा गरेपछि उनले आगामी राष्ट्रपति चुनावमा उठ्ने आशय व्यक्त गरेका हुन् ।

ह्वाइट हाउसका अधिकारीहरूले बाइडेनका राजनीतिक सहकर्मीहरुबाट यो चुनावमा अपेक्षा गरेभन्दा राम्रो गरेको भावना व्यक्त गरेका छन् । नोभेम्बर २० मा ८० पुग्न लागेका बाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदबारी दिने वा नदिनेभन्नेबारे प्रश्नको सामना गरिरहेका छन् ।

‘हाम्रो आयश फेरि चुनाव उठ्ने नै हो, त्यो हाम्रो आशय हो । यो अन्ततः पारिवारिक निर्णय हो।’ –  बाइडेनले व्हाइट हाउसमा पत्रकारहरूलाई भने । उनकी पत्नी जिल नजिकै बसेको बेला बाइडेनले यस्तो बताएका हुन् ।

उनको परिवारले उनी चुनावमा उठ्न चाहेको तर अन्तिम निर्णय गर्न कुनै हतार नभएको बाइडेनले बताए । उनले आफ्नो घोषणा चुनावमा उम्मेदबारी दिने अपेक्षा गरिएका डोनाल्ड ट्रम्पको कुनै पनि घोषणासंग सम्बन्धित नहुने बताएका छन् ।

ट्रम्पका समर्थकहरूले बाइडेनको बैध विजयलाई अस्वीकार गर्दै सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसदमा आक्रमण गरेपछि बाइडेनले आफ्नो कार्यालयमा पहिलो दुई वर्ष लोकतन्त्रका खतराहरू विरुद्ध चेतावनी दिदैमा बिताएका छन् । उनले ती तर्कहरूलाई मध्यावधि चुनावको अन्तिम दिनमा जोड दिएका थिए ।

अन्य विश्व नेताहरूले अमेरिकाको लागि यस क्षणलाई कसरी हेर्नुपर्छ भनेर सोध्दा बाइडेनले ट्रम्प कहिल्यै सत्तामा नफर्किने कुरा सुनिश्चित गर्नु रहेको बताएका थिए । ट्रम्पले बाइडेनको नीतिको कडा आलोचना गर्दै आएका छन् भने उनले अर्को हप्ता राष्ट्रपतिमा उम्मेदबारी घोषणा गर्ने बताएका छन्।

ट्रम्पले नोभेम्बर ८ मा हुने मध्यावधि चुनाव पछि राष्ट्रपतिको उम्मेदबारी घोषणा गर्न सक्ने संकेत दिएका थिए । ट्रम्पले आयोवामा भएको एक र्‍यालीमा राष्ट्रपतिका लागि उम्मेदबारीको घोषणा गर्न चाहेको स्पष्ट संकेत दिएका थिए ।

‘मैले फेरिपनि गर्ने सम्भावना एकदमै धेरै छ । ठीक छ ?’ –  ट्रम्पले समर्थकहरूको भीडलाई उत्साहित गर्दै भने – ‘तयार हुनुहोस् । म तपाईहरुलाई भन्दै छु कि धेरै चाँडै तयार हुनुहोस् ।’

ट्रम्प र उनको टोलीले नोभेम्बर १४ लाई २०२४ को राष्ट्रपति चुनावको अभियानका लागि घोषणा गर्ने दिनको रुपमा हेरिरहेको जनाइएको छ । घोषणा लगत्तै केयन राजनीतिक कार्यक्रमका श्रृंखलाहरु आयोजना गरिनेछ ।

यसअघि ट्रम्पको २०१६ को अभियानमा प्रबन्धक र ट्रम्प ह्वाइट हाउसमा शीर्ष सल्लाहकारको रूपमा काम गरिसकेका केलीन कोनवेले बिहीबार पत्रकारहरूलाई पूर्व राष्ट्रपति ट्म्पले चाँडै चुनावी अभियान घोषणा गर्ने आशा गरेको बताएकी थिइन् ।

Former President Donald Trump speaks at a rally, Saturday, Oct. 22, 2022, in Robstown, Texas. (AP Photo/Nick Wagner)

ट्रम्पले यो वर्ष घोषणा नगरेकोमा र मध्यावधि उम्मेद्वारहरूको बाटोमा कदम नउठाएकोमा धेरै श्रेय दिने उनले बताइन् । तर उम्मेदबारीको घोषणा छिट्टै हुने अपेक्षा गर्न सकिने उनले बताइन् । पारिवारिक विवाह हुदै गरेको र चुनावको दिन यस वर्ष ढिलो भएकाले त्यसपछि उम्मेदबारी घोषणा हुनसक्ने बताइएको छ ।

ट्रम्पकी छोरी टिफनी ट्रम्पको विवाह नोभेम्बर १२ मा फ्लोरिडाको मारएलागोमा हुँदैछ । त्यस कार्यक्रमको केही समयपछि ट्रम्पको उम्मेदबारी घोषणा हुनसक्ने जनाइएको छ । ट्रम्पले रिपब्लिकनहरूबाट हाउस र सम्भवतः सिनेटमा जित हासिल गर्ने र उपलब्धिको श्रेय लिन सक्ने सम्भावना रहेको छ ।

ट्रम्पको सर्कलमा केहीले उनलाई मध्यावधि अघि घोषणा गर्न आग्रह गरेका थिए । तर केहीले उनलाई त्यसो नगर्ने र रिपब्लिकनहरूको कांग्रेसको दुबै सदन फिर्ता लिने सम्भावनामा कदम चाल्न सल्लाह दिएका थिए । ट्रम्पले यस अगाडि जुलाईको शुरुमा एउटा घोषणाको बारेमा सोचेका थिए।

ट्रम्पले अझै पनि रिपब्लिकन मतदाताहरूमा बलियो पकड कायम राखेका छन्, जसले उनलाई प्राइमरी जित्ने शक्तिशाली उम्मेद्वार बनाउँछ । यद्यपी हालका महिनाहरूमा भएका धेरै सर्वेक्षणहरूले देखाएको छ कि रिपब्लिकनहरूको बढ्दो संख्या ट्रम्पबाट अर्को उम्मेद्वारको पक्षमा जान तयार छ ।

अन्य रिपब्लिकनहरु पूर्व उपराष्ट्रपति माइक पेन्स, पूर्व विदेशमन्त्री माइक पोम्पीओ र न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी लगायत अन्य रिपब्लिकनहरूले २०२४ को राष्ट्रपतिको चुनावका लागि ट्रम्पको उम्मेदबारी आएतापनि आफूले उम्मेदबारी दिने संकेत गरेका छन् । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस जस्ता अरूले भने उम्मेदबारीको योजना बनाएका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com