अमेरिकाको जर्जियामा दोश्रो चरणको चुनाव हुने, सिनेट नियन्त्रणको निर्णय जर्जियाकै हातमा


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

अमेरिकी सिनेटको नियन्त्रण कुन दलको हुने भन्ने कुराको निर्धारण एक पटक फेरि जर्जिया राज्यमा आउनसक्ने देखिएको छ । जहाँ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव गर्न बाध्य पारेको छ।

वर्तमान डेमोक्र्याट, राफेल वार्नोक वा उनका रिपब्लिकन प्रतिद्वन्द्वी हर्शेल वाकरले मंगलबार स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । अब जर्जियामा विजेता निर्णय गर्न रन अफ भनेर चिनिने दोश्रो चरणको चुनावमा अगाडि बढ्नुपर्ने भएको छ । दोस्रो चरणको निर्वाचन मंसिर ६ गते हुनेछ ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरले बुधबार दिउँसो यसको पुष्टि गरेका छन् । उनले आफ्नो कार्यालयले थप चुनाव सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् ।

capitol hill white dome building near body of water during daytime

जर्जियामा ९९ प्रतिशत मत गणना हुँदा वार्नकले ४९ दशमलव २ प्रतिशत र वाकरले ४८ दशमलव ७ प्रतिशतमत पाएका छन् । दुईबीचको मतको भिन्नता करिब १७ हजार ५ सय रहेको छ । अर्थात् वार्नकले उक्त मतका साथ अग्रता कायम गरेका छन् । उम्मेदवार चेस ओलिभरले २ दशमलव १ प्रतिशत भोट ल्याएका छन् । उनी रन अफ चुनावमा भाग लिने छैनन्।

डेमोक्र्याट र रिपब्लिकन दुबैले आफ्ना मतदाताहरूलाई विश्वास नगुमाउन आग्रह गरेका थिए । ६ डिसेम्बरको रन अफ मिति सामान्य भन्दा अगाडि हो। यो किनभने गत वर्ष जर्जियाले रन अफको लागि राज्यको कानून परिवर्तन गर्ने उपाय पारित गरेको थियो । जसका कारण नौ हप्तापछिको सट्टा अब चार सातापछि चुनाव हुँदैछ।

डिसेम्बर रन अफको लागि अग्रिम मतदान अर्को हप्ताबाट सुरु हुन सक्छ। जर्जियामा रिपब्लिकन गभर्नर ब्रायन केम्पको जीत र र राज्यभरका परिणामहरू हेर्दा जर्जियाका केही मतदाताहरूले गभर्नरको दौडमा रिपब्लिकन र सिनेटको प्रतिस्पर्धामा डेमोक्र्याट छनौट गरेको देखिएको छ ।

अहिलेको अमेरिकी सिनेटमा डेमोक्र्याटहरूको नियन्त्रण छ । त्यसको जस वार्नोकलाई दिने गरिन्छ । किनभने २०२१ को विशेष चुनावमा उनको विजयले सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम गर्न मद्दत गरेको थियो । पचास पचासमा विभाजित सिनेटमा उपराष्ट्रपतिले टाइब्रेक मत हाल्नसक्ने भएकाले डेमोक्र्याट्सको नियन्त्रण कायम भएको हो ।

यसपटिक पनि जर्जियाले सिनेटमा कस्को नियन्त्रण कायम हुने भन्ने कुराको निर्धारण गर्न सक्ने देखिएको हो । एटलान्टाको ऐतिहासिक चर्चका पास्टर वार्नोकले अब सिनेटमा पूरा छ वर्षको कार्यकाल खोज्दैछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com