उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ ।

यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।

उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस क्षेप्यात्र प्रहारको जापानले पनि पुष्टि गरेको छ । जापान सरकारले ट्विट गर्दै प्योङयाङले “संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र” प्रक्षेपण गरेको जनाएको छ ।

यस महिनाको सुरुमा पनि उत्तर कोरियाले एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित प्रहार गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com