चाइनिजले ३० मिलियन डलरको लोटरी जितेपछि परिवारलाई थाहा नदिन मस्कट लगाएर लिए रकम


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

चीनका एक व्यक्तिले ३० मिलियन डलर बराबरको लोटरी जितेपछि उक्त रकम के गर्ने भन्ने योजना नबनाउँदासम्मका लागि श्रीमती र बच्चाहरू थाहा नदिने उपाय अपनाएका छन् । गुआङ्सी वेलफेयर लोटरीले वी च्याटमार्फत एक प्रेस विज्ञप्ति जारी गरेर विजेताले ली उपनाम अन्तर्गत गुमनाम रूपमा आफ्नो पुरस्कार दाबी गरेको बताएको छ ।

लीले २१९ मिलियन युआन जितेका थिए जुन जुन करिब ३० मिलियन डलर बराबर हो । प्रेस विज्ञप्तिमा संलग्न तस्बिरहरू अनुशार लीले आफ्नो पुरस्कार दावी गर्दा आफ्नो अनुहार र शरीरलाई पूर्ण रूपमा ढाक्ने पहेंलो मस्कट पोशाक लगाएका थिए ।

गुआङ्सी वेलफेयर लटरीका अनुशार लीले लगाएको मस्कट पोशाकको नाम फुडो हो र यसले नानिङमा आधारित चिठ्ठाको प्रतिनिधित्व गर्छ। लीले गुआङ्सी वेलफेयर लटरी जारी केन्द्रको महासचिव र पार्टी शाखाका निर्देशक लान टिंगबाट नगद चेक स्वीकार गरेका थिए ।

लीले सामाजिक कल्याण्डकालागि गुआङ्सी वेलफेयर लटरी सेन्टरलाई झण्डै ७ लाख अमेरिकी डलर दान गरेका छन् । बृद्ध, अशक्त, अनाथ र खाँचोमा परेकाहरूलाई मद्दत गर्ने जस्ता असल कामहरूमा उनले दान गरेका हुन् ।

 

लीले आफ्नो जितको बारेमा आफ्नो परिवार वा साथीहरूलाई सूचित गरेका नगरेको तथा पैसा के गर्ने भनेर निर्णय नगर्दासम्म जानकारी नदिने बताएका हुन् । लोटरी जितेको थाहा पाएमा भविष्यमा काम वा कडा परिश्रम नगर्ने भएकाले श्रीमती र छोराछोरीहरुलाई थाहा नदिएको उनले बताएका छन् ।

लीले चिठ्ठा जितेको थाहा पाएपछि आफू नर्भस भएको र सुत्न नसकेको बताए । जितेका टिकटहरु गुम्नसक्ने डरले उनी एक दिन पछि नानिङमा एउटा होटेलमा आएर लुकेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com