खसोखासको क्यामेरामा अमेरिकाको चुनाव (२२ रोचक तस्वीर)


प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार

अमेरिकामा मंगलबार चुनाव सम्पन्न भएको छ । मंगलबार सिनेटका १ सय सिटहरुमध्ये ३४ सिट, प्रतिनिधिसभाका सबै र ३६ वटा राज्यमा गभर्नरसहित राज्य संसद र अन्य महत्वपूर्ण पदहरुका लागि निर्वाचन भएको हो ।

अमेरिकी संसदको सिनेट र प्रतिनिधिसभामा कस्को नियन्त्रण कायम हुने भन्ने निर्धारण गर्ने यो चुनावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका साथ हेरिएको छ । किनभने यी सदनमा जसको बहुमत रहन्छ, सोही पार्टीलाई महत्वपूर्णबिलहरु पारित गर्न सहज हुन्छ ।

आजको चुनावका क्रममा खसोखासले न्युयोर्कसिटीभित्रका नेपाली अमेरिकन समुदायको बाहुल्य रहेका केही मतदान केन्द्रमा पुगेर तस्वीरहरु खिचेको छ । प्रस्तुत छ निर्वाचनबारे खसोखासको विशेष फोटोकथा ।

न्युयोर्कको क्वीन्स कोरोनामा रहेको मतदान केन्द्र । सबै मतदान केन्द्रहरु अपांगमैत्री रहेका थिए । र ढोकामा त्यसको संकेत चिन्ह पनि उल्लेख थियो ।

 

मतदाताले हुलाकमार्फत समेत मतपत्र मगाउन सकिने प्रावधान रहेको थियो । हुलाकमार्फत मगाएको मतपत्र नोभेम्बर ८ को राती ९ बजेसम्म बुझाउनुपर्ने प्रावधान रहेकाले मतदानस्थलमा त्यसरी मगाएको पतपत्र खसाल्नसकिने व्यवस्था गरिएको थियो । जसका लागि कुनै लाइन बस्नुपर्ने थिएन । हुलाकबाट मतपत्र मगाएकाहरुले मतदान केन्द्रमा मतदान गर्न पाउदैनन् ।

 

मतदान केन्द्रहरुमा मास्क, सेनिटाइजर र ६ फिट दुरी कायम गर्न प्रोत्साहन गरिएतापनि अनिवार्य भने थिएन ।

 

न्युयोर्कको क्वीन्स ९९ स्ट्रीट ५७ एभिन्युमा रहेको मतदान केन्द्र ।

 

 

 

मतदाताहरुले यसरी गोप्य रुपमा मतदान गर्नसक्नेगरी बुथहरुको व्यवस्था गरिएको थियो ।

 

मतदान केन्द्रमा सर्वसाधारणहरुलाई फोटो खिच्न निषेध गरिएको थियो ।

 

हुलाकबाट मतपत्र मगाएकाहरुका लागि ड्रपबक्स ।

 

मतदान केन्द्रमा दोभाषेहरुको समेत व्यवस्था गरिएको थियो ।

 

न्युयोर्कको उडसाइडमा रहेको मतदान केन्द्रमा गोप्य मतदान गर्दै मतदाताहरु ।

 

मतदान गरिसकेपछि गोप्य रुपमा नै मतपत्र स्क्यानरमा राख्ने व्यवस्था गरिएको थियो ।

 

नयुयोर्कको उडसाइडमा मतदान गरिसकेपछि नेपाली अमेरिकन लेखक राजन थपलिया ।

 

न्युयोर्कको क्वीन्समा मतदान गरिसकेपछि एक नेपाली अमेरिकन मतदाता ।

 

न्युयोर्कको क्वीन्समा मतदान गरिसकेपछि एक नेपाली अमेरिकन मतदाता ।

 

न्युयोर्कको राज्य संसदमा डेमोक्रेटिक उम्मेदबार स्टेभन रागा मतदान स्थल आपपासमा मतदाताहरुसँग मत माग्ने क्रममा । साथमा नेपाली अमेरिकन नवराज केसी र राजन थपलिया लगायत । उम्मेदबारहरु मतदान केन्द्रको परिसरभन्दा एकसयफिट टाढामात्र मत माग्नसक्छन् ।

 

मतदान केन्द्र आपपासमा चुनावी गतिविधि निषेध गर्दै टासिएको पोष्टर ।

 

मतदान केन्द्रहरु विद्यालयमा उल्लेख्य रुपमा रहेका थिए ।

सबै तस्वीर: किशोर पन्थी /खसोखास

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com