इमरान खानको दाबी- ‘महिनौं अघि मलाई मार्ने षडयन्त्र रचिएको थियो, पटक-पटक बाचेँ’


प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार

wiki

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई मार्ने षड्यन्त्र दुई महिनाअघि नै रचिएको दाबी गरेका छन् । लाहोरदेखि इस्लामावाद लङ मार्चका क्रममा आक्रमणमा परी इमरान घाइते भएका छन् । आक्रमणमा उनको दाहिने खुट्टामा तीनवटा गोली लागेको इमरान खानले बताए । इमरानको लङ मार्च आजबाट फेरि सुरु हुँदैछ । उनले आइतबार नै यो घोषणा गरेका हुन् । इमरानले आफूमाथि आक्रमण भएको ठाउँबाट मार्च सुरु हुने बताएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानले सीएनएनलाई दिएको अन्तर्वार्तामा भने, ‘डाक्टरहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकालेका छन् । सोही क्रममा देब्रे खुट्टामा गोलीका केही प्वालहरू थिए, जसलाई निकालिएको छ । इमरान खानमाथिको हमलालाई लिएर विपक्षीहरुले धेरै प्रश्न उठाइरहेका छन् । जमियत उलेमा-ए-इस्लाम (एफ) का प्रमुख मौलाना फजलुर रहमानले इमरान खानको हत्याको प्रयासलाई पीटीआईले बनाएको नयाँ नाटक हो भनेका छन्।

इमरान खानले आफूमाथि भएको हमला सुनियोजित षडयन्त्र भएको बताएका छन्, जुन धेरै पहिलेदेखि नै योजना बनाइएको थियो । जब इमरान खानलाई सोधियो- कसरी थाहा भयो विपक्षीहरुले उनीमाथि हमला गरे ? जबकि आक्रमणकारीले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । यसमा इमरान खानले भने, ‘तिमीलाई याद हुनेछ कि म साढे तीन वर्षदेखि सत्तामा छु । मेरो अहिलेसम्म गुप्तचर विभागका विभिन्न निकायका केही अधिकारीसँग सम्बन्ध छ । मैले त्यहाँबाट आक्रमणको सम्पूर्ण विवरण पाएँ।’

इमरान खानले आफूविरुद्धको हत्याको सम्पूर्ण षडयन्त्र दुई महिनाअघि नै भएको दाबी गरेका छन् । एआरवाई न्यूजले सोमबार सीएनएनसँगको इमरान खानको अन्तर्वार्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। इमरान खानले भने, ‘यो सबै सुरु भयो जब मलाई पदच्युत गरियो । त्यसबेलादेखि मेरो पार्टीले लडाइँ बन्द गरेर आम जनताको आवाज उठाउने अपेक्षा गरिएको थियो । तर, उल्टो के भयो त्यो सबैको अगाडि छ । हामीले सङ्घर्ष रोकेका छैनौँ र आज मेरो पार्टीलाई जनसमर्थन मिलेको छ ।’

उल्लेखनीय छ, इमरान खानलाई बिहीबार वजिराबादमा लङ मार्चको क्रममा गोली हानेको थियो। गोली उनको खुट्टामा लागेको थियो । खुट्टामा चोट लागेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यहाँ उनको खुट्टाको शल्यक्रिया गरी केही दिनपछि डिस्चार्ज गरिएको थियो । त्यसपछि उनी घरमै आराम गरिरहेका थिए । जियो न्यूजको रिपोर्ट अनुसार बिहीबार भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com