हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन


प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार

हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन गरिएको छ । ट्विटरका सीईओ एलोन मस्कले ‘प्यारोडी’ निर्दिष्ट नगरी ‘प्रतिरूपण’ गर्ने ह्यान्डलहरूलाई स्थायी रूपमा प्रतिबन्ध लगाइने घोषणा गरेपछि ट्विटर खाता निलम्बन गरिएको थियो।

फक्स न्यूजको रिपोर्ट अनुसार, ग्रिफिनले आफ्नो प्रोफाइल नाम परिवर्तन गरी मस्क राखेकी थिईन् जसपछि उनलाई तत्कालै सामाजिक सञ्जाल साइटबाट प्रतिबन्ध लगाइएको थियो। ट्विट सेयर गर्दै एलोन मस्कले लेखेका छन्, ‘नक्कल गरेको कारण ट्विटरबाट स्थायी रूपमा निलम्बन गरिएको छ।’ मस्कले जारी राखे, ‘वास्तवमा, उनलाई हास्य कलाकारको नक्कल गरेको कारण निलम्बन गरिएको हो।’

आइतबार पनि शृङ्खलाबद्ध ट्वीटमार्फत उनले स्पष्ट रूपमा ‘प्यारोडी’ उल्लेख नगरी ‘प्रतिरूपण’ गरेको भेटिएमा त्यसलाई स्थायी रूपमा निलम्बन गरिने बताए । ट्विटरका नयाँ सीईओले थप भने – ‘व्यापक प्रमाणीकरण रोल आउट भइरहेकाले पहिलेको जस्तो कुनै चेतावनी हुनेछैन।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com