भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते


प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार

भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्।

‘भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,’ गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ ।

सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com