अमेरिकामा आजराती २ पटक बज्नेछ १, सुत्नु अगाडि घडी मिलाउन सुझाव


प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार

brown-and-white clocks unsplash

अमेरिकामा ६ नोभेम्बर २५ घण्टाको हुनेछ । किनभने  डेलाइट सेभिङ टाइम नोभेम्बर ६ को विहान सकिने भएको छ । जस अन्तरगत नोभेम्बर ६ को विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा पुन १ बज्नेछ ।

बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ९ घण्टा काम गर्नुपर्नेछ ।

१ घण्टा समय पछाडि फर्किने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा पछाडि सार्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा पछाडि सर्नेछ ।

यो बर्ष मार्च १३ मा डे लाइट सेभिंग सुरु भएको थियो । उक्त दिन २३ घण्टाको रहेको थियो भने पूर्वीय समय अनुशार विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ नबजी एकैचोटी ३ बजेको थियो ।

तर अमेरिकी संसदबाट एउटा बिल पारित भएमा वर्षमा दुई पटक घडी रिसेट गर्ने अभ्यासलाई अन्त्य गर्नेछ । यो बिलबारे आगामी जनवरीमा विचार गरिनेछ ।

अमेरिकी सिनेटले मार्चमा सनशाइन संरक्षण ऐनलाई अनुमोदन गरेको थियो । यो बिलमा वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्ने प्रक्रियालाई त्याग्न आग्रह गरिएको छ । यो अभ्यासले अमेरिकीहरूलाई फल र वीन्टरको समयमा दिनको उज्यालोको अतिरिक्त घण्टा दिने उद्देश्य राखेको छ।

मेक्सिकोको सिनेटले यसैसाता वर्षमा दुई पटक घडी रिसेट गर्ने अभ्यासलाई अन्त्य गर्ने बिल पारित गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com