४२ बर्ष जेलमा विताएपछि निर्दोष २ जनालाई न्युयोर्कमा ३६ मिलियन डलर क्षतिपूर्ति


प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार

wiki

नागरिक अधिकार नेता माल्कम एक्सको हत्याको अभियोगमा दोषी ठहर भएर दशकौं जेलमा बिताएपछि अहिले  निर्दोष ठहर भएका २ जनालाई ३६ मिलियन डलर क्षतिपूर्ति दिइने भएको छ ।

न्युयोर्क सिटीले नर्मन बटलरका रुपमा चिनिने मुहम्मद ए अजिज र  थोमस जोन्सनका रुपमा चिनिने खलील इस्लाम (मृत्युपर्यन्त) लाई १९६६ मा भएको हत्यामा निर्दोष ठहर गर्दै २६ मिलियन डलर क्षतिपूर्ति दिने भएको छ । यो रकम अजीज र इस्लामलाई बराबर दिइने भएको छ ।

त्यस्तै न्युयोर्क राज्य पनि अजिज र इस्लामलाई पाँच पाँच मिलियन डलर क्षतिपूर्ति तिर्न सहमत भएको छ । यो सहमतिले मुहम्मद अजीज र खलील इस्लामको निर्दोषता भएको स्वीकार गरेको छ ।

गलत रुपमा निर्दोषलाई दोषी ठहर गर्दा हुने क्षतिलाई कहिल्यै पूर्ति गर्न नसकिने तर यसको लागि सत्यको सामना गर्ने क्रममा जीवन ध्वस्त भएका मानिसहरूहरुप्रति ऋणी रहेको वकिल डेभिड सानिसले बताए ।

न्युयोर्क सिटीको कानून विभागका लागि स्टाफका उपप्रमुख स्टेफन मुकलालले आफ्नो कार्यालय म्यानहटनका पूर्व जिल्ला न्यायधिवक्ता साइरस आर भान्स जूनियरको अजिज र इस्लामलाई गलत रूपमा दोषी ठहराइएको निष्कर्षसँग सहमत भएको बताएका छन् ।

Wiki
माल्कम एक्सलाई स्टेजमा गोली हानिएपछि स्ट्रेचरमा बाहिर लगिदै

अजिज र सन् २००९ मा मृत्यु भएका इस्लामले आफूले नगरेको अपराधका लागि ४२ बर्ष जेलमा बिताएका थिए । यो जोडीलाई जुरीले म्यानहटनको अडुबोन बलरूमको स्टेजमा माल्कम एक्सको हत्यामा निर्दोष ठहर गरेपछि नोभेम्बरमा निर्दोष रहेको निष्कर्ष निकालिएको थियो ।

२०२० मा सार्वजनिक नेटफ्लिक्स डकुमेन्ट्रीमा अजीज र इस्लामको संलग्नता नभएको देखाउने नयाँ प्रमाणहरू सार्वजनिक गरिएको थियो । जसले गर्दा हत्या अभियोगहरूको दुई वर्षको समीक्षा सुरु गर्न प्रेरित गरेको थियो ।

अन्ततः अभियोजनमा गहिरो त्रुटिहरू रहेको निष्कर्ष निकालिएको छ । अजीज र इस्लाम नोभेम्बरमा प्रमाणित भएका थिए जब न्यूयोर्कको सर्वोच्च अदालतले अजीजलाई १९८५ मा र इस्लाम १९८७ मा पेरोलमा रिहा भएको दशकपछि उनीहरूको सजाय खारेज गरेको थियो। अजिज र इस्लाम निर्दोष थिए।

माल्कम एक्सलाई गोली हानेपछि घटनास्थलमा नै पक्राउ परेका थोमस होगन । निर्दोष सावित भएका २ जनालाई भने पछि पक्राउ गरिएको थियो ।

न्युयोर्कको सर्वोच्च अदालतले नोभेम्बरमा अजीज र इस्लामलाई सफाई दिएको हो । अजीजलाई १९८५ मा र इस्लाम १९८७ मा पेरोलमा रिहा भएको कैयन दशकपछि उनीहरुले सफाइ पाएका हुन् ।

३९ वर्षको उमेरमा माल्कम एक्सको हत्या भएको थियो । भाषण अगाडि एक हत्यारा स्टेजमा प्रवेश गरेको उनको छातीमा गोली हानेको थियो भने अन्य दुई जनाले उनको घुँडा र तिघ्रामा गोली हानेका थिए ।

कभरमा माल्कम एक्सलाई गोली हानिएको स्थान ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com