ट्विटरमा एलन मस्कको प्रभाव देखिदै, डोनाल्ड ट्रम्पबाट खुशी व्यक्त


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

ट्विटरको मालिकको रूपमा एलन मस्कको पहिलो पूर्ण दिनमा सामाजिक सञ्जाल ट्वीटरले तुरुन्तै उनको छाप महसुस गर्न थालिसकेको छ ।

ट्विटरका शीर्ष अधिकारीहरूलाई हटाइएको छ भने बोर्ड अफ डाइरेक्टर्स भंग गरिएको छ । कम्पनीले नोभेम्बर ८ मा न्युयोर्क स्टक एक्सचेन्जमा आफ्नो स्टकको व्यापार बन्द गर्ने बताएको छ।

मस्कले ट्विटरको सामग्री प्रश्नहरू ह्यान्डल गर्न एक काउन्सिल गठन गर्ने योजना बनाएको घोषणा गरेका छन् । साथै पहिले प्रतिबन्धित प्रयोगकर्ताहरूलाई तत्काल पुनर्स्थापित नगर्ने बताएका छन् । उनले ट्विटरमा यसको उत्पादन र नीतिहरूको समीक्षा गर्न युद्ध कोठा स्थापना गरेका छन् ।

मस्कको आगमनसँगै ट्विटरमा केही रिपब्लिकन र रूढिवादी मिडिया व्यक्तित्वहरूले नयाँ स्वामित्वको उत्सव मनाएका छन् । धेरै दक्षिणपन्थी ट्विटर खाताहरूमा फलोअरहरूको संख्या बढेको छ । गत वर्ष ट्विटरबाट प्रतिबन्धित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म प्रयोग गरेर ट्विटर अब समझदार हातमा गएको भन्दै खुसी व्यक्त गरेका छन् ।

Former President Donald Trump speaks at a rally, Saturday, Oct. 22, 2022, in Robstown, Texas. (AP Photo/Nick Wagner)

एलन मस्क आफैंले ट्विटर आफूले किनेको खबर दिएका थिए । यसमा उनले आफ्नो बायो परिवर्तन गरेर आफूलाई चीफ ट्वीट भनेका छन् । यससँगै उनले घोषणा गरे – ‘चरा अब स्वतन्त्र भएको छ ।’

उनले शुक्रबार कम्पनीमा तुरुन्तै कार्यकारीहरू नियुक्त गरेका छैनन् । तर ट्विटरको आम्दानीको ठूलो हिस्सा प्रदान गर्ने विज्ञापनदाताहरूलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । ट्वीटर किन्नका लागि १३ बिलियन ऋण लिएका उनले बार्षिक १ बिलियन डलर ब्याज भुक्तानी पनि तिर्नुपर्नेछ ।

मस्कले लगानीकर्ताहरूलाई भनेका छन् कि उनीसँग ट्विटरको लागि ठूलो योजनाहरू छन्। यसमा ट्विटरमा भुक्तान सेवा र मेसेज पठाउने सुपर एप जस्तै बनाउने विषय समावेश छ ।

मस्कले ट्विटरमा सबस्क्राइबर सेवाहरू थप्ने बताएका छन् । जसले विज्ञापनदाताहरूमा मात्र भर पर्नुको सट्टा प्रत्यक्ष रूपमा प्रयोगकर्ताहरूबाट रकम ल्याउनेछ। त्यस्ता सेवाहरूले मानिसहरूलाई शुल्क तिरेको खण्डमा विज्ञापन नहेरी ट्विटर प्रयोग गर्ने विकल्प दिन सक्छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com