स्पीकर न्यान्सी पेलोसीलाई नभेटेपछि उनका पतिमाथि आक्रमण, घटनाबारे हामीलाई जे थाहा छ


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

हाउस स्पिकर न्यान्सी पेलोसीका पति पल पेलोसीलाई आक्रमण गर्ने व्यक्तिले न्यान्सी घर नआउन्जेल पललाई बाँध्ने प्रयास गरेको जनाइएको छ ।
प्रहरी निवासमा आइपुगेपछि आक्रमणकारीले आफू न्यान्सीको पेलोसीमा पर्खाइमा रहेको बताएको थियो ।

पल पेलोसीमाथि आक्रमण गर्ने व्यक्तिले स्पीकर न्यान्सीलाई खोजिरहेको थियो । आक्रमणकारी सान फ्रान्सिस्कोको घरमा न्यान्सी कहाँ छ ? भन्दै पटकपटक चिच्याएर सोधेको थियो ।

हाउस स्पीकर न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि सान फ्रान्सिस्कोको आफ्नै घरमा शुक्रबार विहान सांघातिक हमला भएको हो । घरमा अनाधिकृत रुपमा प्रवेश गरेको एक आक्रमणकारीले हिंश्रक आक्रमण गरेको उनको कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

क्यालिफोर्निया डेमोक्र्याटका प्रवक्ताले आज बिहानै आक्रमणकारीले सान फ्रान्सिस्कोको पेलोसीको निवासमा प्रवेश गरी आक्रमण गरेको जानकारी दिएका हुन् । आक्रमणकारी हिरासतमा रहेको र आक्रमणको कारण अनुसन्धान भइरहेको जनाइएको छ ।

पल पेलोसीलाई अस्पताल लगिएको छ, जहाँ उनले उत्कृष्ट चिकित्सा हेरचाह पाइरहेका छन् । उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ । आक्रमणको समयमा स्पीकर न्यान्सी पेलोसी भने सान फ्रान्सिस्कोमा थिइनन् ।

आक्रमणकारी कसरी उनीहरूको घरमा प्रवेश गरेको थियो र कसरी पेलोसीका ८२ बर्षका श्रीमानमाथि आक्रमण गरियो भन्नेबारे केही खुलाइएको छैन । उनलाई कस्तो चोटपटक लागेको थियो भन्ने बारे कुनै थप विवरण प्रदान गरिएको छैन।

पेलोसीलाई बाइडेनको फोन

राष्ट्रपति जो बाइडेनले न्यान्सी पेलोसीको घरमा आक्रमणकारी पसेर उनका पतिलाई आक्रमण गरेपछि न्यान्सी पेलोसीलाई फोन सम्पर्क गरेका छन् ।

राष्ट्रपतिका प्रेस सेक्रेटरीका अनुशार राष्ट्रपति बाइडेनले पल पेलोसी र न्यान्सी पेलोसीको सम्पूर्ण परिवारको लागि प्रार्थना गरेका छन् । राष्ट्रपतिले सबै हिंसाको निन्दा गर्न जारी राख्ने प्रेस सेक्रेटरीको वक्तव्यमा उल्लेख छ ।

 

उपराष्ट्रपतिबाट आक्रमणको निन्दा

उपराष्ट्रपति कमला ह्यारिसले पल पेलोसीमाथि भएको आक्रमणबाट आतंकित भएको बताएकी छिन् । उपराष्ट्रपति ह्यारिसले सभामुख न्यान्सी पेलोसीका पतिमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेकी छन् ।

आफ्ना श्रीमान डग र आफू स्पीकर पेलोसीका पति पल पेलोसीमाथि भएको आक्रमणबाट स्तब्ध भएका ह्यारिसले ट्वीटमा बताएकी छिन् । उनले वलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

रिपब्लिकन नेताबाट स्वास्थ्यलाभको कामना

सिनेटमा रिपब्लिकन नेता मिच म्याकोनेलले स्पीकर न्यान्सी पेलोसीका पति पल पेलोसीलाई उनको घरमा आक्रमण गरिएको घटना डरलाग्दो र घृणाजनक भएको बताएका छन् ।

प्रतिनिधिसभामा रिपब्लिकन नेता केभिन म्याकार्थीले सभामुख न्यान्सी पेलोसीलाई सम्पर्क गरेर पल पेलोसीको पूर्ण स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताएका छन् । नेता म्याककार्थीले पलबारे जानकारी लिन न्यान्सी पेलोसीलाई सम्पर्क गरेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।

त्यस्तै रिपब्लिकन सांसद लिज चेनीले ट्वीट गर्दै पल पेलोसीमाथि क्रूर आक्रमणको बारेका रिपोर्टहरू भयानक र खेदजनक रहेको बताएकी छिन् । उनले पनि पल पेलोसीको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

सान फ्रान्सिस्को मेयर लन्डन ब्रीडले हाउस स्पिकर न्यान्सी पेलोसीका पतिमाथि भएको आक्रमणको अनुसन्धान गर्ने कामको लागि स्थानीय कानून कार्यान्वयन निकायलाई धन्यवाद दिएकी छिन् । उनले यो घटना एक भयानक र डरलाग्दो घटना भएको बताएकी छिन् । उनले घटनाबारे शीघ्र कदम चालेकोमा फ्रान्सिस्को पुलिस विभाग र सान फ्रान्सिस्को फायर डिपार्टमेन्टलाई धन्यवाद दिएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com